रबिन्द्र बराल

बुधबार, माघ ०७, २०७७ || 589  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका ६ स्थित मधुबनी चाेक देखि सिमावर्ति क्षेत्र जाेडने सडक कालोपत्रे गर्ने अवधारणा सहित नगरपालिकाले पहिचरणमा १ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्मपन गरेको छ ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरीवक्षण तथा अनुगमन कार्यालय इटहरी र सडक डिभिजन बिराटनगर काे आयोजनामा उक्त सडकमा कालोपत्रे का लागि १ करोडौं ४७ लाख ७१ हजार ९ सय १९ रुपैयाँ काे लागतमा साे सडक कालोपत्रे काे काम सम्पन्न भएको छ ।

साे सडक वीर निर्माण सेवा रतुवामाई ले २०७७ साउन मा ठेक्का सम्झौता गरेकाे र चैत्र मसान्तसम्म निर्माणकार्य सम्पन गर्नु पर्ने भएता पनि उक्त कम्पनी ले पाँच महिना अगाडि नै साे सडक मा कालोपत्रे गर्ने काम सम्पन्न गरेको वीर निर्माण सेवा का प्रमुख निर्मल भट्टराईले बताए ।

साे कम्पनी ले रंगेली बडा नम्बर ८ मा समेत काम समय अबधि भन्दा पहिले नै कालोपत्रे काे काम सम्पन्न गरिने भट्टराईले बताए । पछिल्लो समयमा नगरपालिका र गाउँ पालिका हरुका ठेक्केदार हरु काे ढिलासुस्ती का कारण ठेक्का सम्झौता भन्दा ठिलाे काम सक्ने ठेक्केदार हरु ले पनि समय अबधि भन्दा छिटोछरितो काम सके स्थानीय लाभान्वित हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!