हिपमत डटकम

बुधबार, माघ ०७, २०७७ || 764  पटक पढिएको

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधव कुमार नेपालले सवै नेता उस्तै हुन् भन्दा आफ्नो मन घोच्ने र पोल्ने गरेको बताएका छन् । बुधबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष नेपालले तत्कालिन एमालेको तर्फबाट गणतन्त्रका पक्षमा कुरा ल्याउने पहिलो व्यक्ति आफू नै रहेको बताए ।

‘तत्कालीन एमालेको तर्फबाट पहिला गणतन्त्रको कुरा ल्याउने मै हुँ । १२ बुँदे सहमतिमा पनि मेरो पहल भयो । त्यसपछि तरंग नै छायो । तर अहिले गणतन्त्र जोगाउने सवालमा हामीले पुनः आन्दोलन गर्नुपर्दा माधव–केपी उस्तै हुन् भन्दा मेरो मन पोल्छ’, अध्यक्ष नेपालले भने, ‘कमजोरी सवैमा हुन्छ तर अन्तर्यको विवेचना हुनुपर्छ ।’

उनले केपी ओली अध्यक्ष भएबाटै एमालेको यात्रा ओरालो लाग्न थालेको पनि स्मरण गरे । ‘त्यो बेलादेखि नै हामी पीडित हौँ,’ नेपालको भनाइ छ । उनले सरकार र पार्टीबीचको सम्बन्ध गर्न तयार रहेको भन्दै दस्तावेजमा हस्तक्षेप नभएपनि नीतिगत कुरामा पार्टीमा सल्लाह हुन जरुरी रहेको बताए । उनले पहिला पार्टीमा हरेक विषयको पार्टी कमिटिबाट निर्णय हुने गरेपनि पछिल्लो समय ओलीको एकाधिकारवादी सोच र अपारदर्शीताले त्यो हुनै छाडेको बताए ।

‘सिस्टम पालना गर्न र त्यो बनाउने हामी प्रतिवद्ध, त्यो नहुँदा मानिस अविश्वास हुन्छ । देश डुब्न लागेको अवस्थामा पार लगाउने व्यक्ति पार्टी र समाज सवैतिर चाहिन्छ,’ अध्यक्ष नेपालको भनाइ छ । उनले घरमा वा बालुवाटारमा बैठक डाक्ने कुरामा आफू विरोधी रहेको भन्दै संस्थागत तरिकाले अघि बढ्नुपर्ने मान्यतामा अडिग रहेको बताए ।

अध्यक्ष नेपालले ओलीले प्रतिगमनको स्टेप चाल्ने पहिल्यै चेतावनी दिएको भन्दै आफूलाई ललिता निवास र प्रचण्डलाई थुन्न खोजिएको आरोप लगाए । उनले ओली बदलाको भावनाले चल्ने मान्छे रहेको भन्दै उनले कसैले चुनौती दिएको मन नपर्ने बताए ।

‘उनी आलोचना गर्नेविरुद्ध अरिंगाल, साइवर सेना चलाउँछन् । त्यसका पीडित सवैले हात मिलाउनुपर्छ’, नेपालको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!