बल प्रयोग गरे प्रतिवादगर्ने माधव नेपाल समूहको निर्णय

काँग्रेस संसदियदलको बैठक विना निणर्य टुङगीयो

हिपमत डटकम

मंगलबार, माघ ०६, २०७७ || 821  पटक पढिएको

प्रदेश १ को राजधानी विराटनगरमा नेकपा प्रचण्ड नेपाल समूहको संसादहरुको आज बसेको बैठकले ओली समुहका सांसदहरुले बल प्रयोग गरे प्रतिवाद गर्ने विषयमा छलफल भएको सांसद राजेन्द्र राईले बताएका छन ।
बुधबारबाट सुरु हुने संसदको हिउँदे अधिवेशनको तयारीका लागि विराटनगरको होटल एसियाटिकमा मंगलबार भएको छलफलमा अन्य पार्टीहरु संग भएको कुराकानीका विषयमा समेत समिक्षा भएको छ ।

सो बैठकमा तटस्थ सांसदहरुसंगको छलफलका विषयमा रिपोर्टीङ भएको छ । त्यसैगरी ओली समुहका सासंदहरुद्वारा संसद प्रवेशमा रोक्ने ठेल्ने जस्ता संसदिय मर्यादा विपरीतका कामहरु भए त्यसको प्रतिवाद गर्ने राईले बताए ।
बैठकमा ३३ जना प्रदेशसभा सदस्य सहभागी थिए ।

मंगलबारका लागि बोलाइएको ओली समूहको संसदीयदलको बैठक विना निर्णय टुङगिएको छ । बुधबार दिउँसो २ बजेबाट सुरु हुने छलफलका लागि तयारी गर्न नेपाली काँग्रेसले पनि संसदीय दलको बैठक बोलाएको थियो । काँग्रेसको आज बसेको बैठक बाट बुधवार २ बजे बस्ने भए पनि आजको बैठक बिना निर्णयको सकिएको छ । बुधवार बस्ने काँग्रेसको बैठक प्रदेशसभा सचिवालय भवनमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!