रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा नेकपा प्रचण्ड–माधव पक्ष र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त भएको छ ।
झडपपछि प्रहरीले अश्रु ग्याससहित १७ राउन्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । तर, अझै स्थिति पूर्ण नियन्त्रणमा नआएकाले थप सुरक्षाकर्मी मगाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सोमबार बेलुकी दुवै पक्षबीच झगडा भएको र छलफलका लागि मंगलबार बिहान इलाका प्रहरी कार्यालयमा पुगे पनि पुनः त्यही झडप सुरु भएको हो । झडपका क्रममा ढूंगा प्रहार हुँदा दुवै नेकपा, काँग्रेस र प्रहरीतर्फ समेत घाइते भएका छन् । प्रहरीकाअनुसार तीन सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । झडपमा आठबिसकोट नगरपालिकाका वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!