हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 591  पटक पढिएको

बेलायती सरकारले आगामी मार्चदेखि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि लगाइएको लकडाउन हटाउन थाल्ने योजना बनाएको छ । सरकारले आफ्ना सबै नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउने विश्वाससमेत व्यक्त गरेको छ । खोपसँगै मार्चबाट मुलुकको लकडाउन खुकुलो बन्न सक्ने बेलायतका विदेशमन्त्री डोमिनिक राबले बताएका हुन् ।

गत जनवरी ५ देखि बेलायतमा राष्ट्रव्यापी लकडाउन जारी छ । अधिकांश विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । आम नागरिकका लागि अत्यावश्यकबाहेकका काममा रोक लगाइएको छ । साथै मानिसहरुलाई सकेसम्म घरबाटै काम गर्न आग्रह गरिएको छ । उनले सकेसम्म छिटो राष्ट्रब्यापी लकडाउनबाट बाहिर आउनु बेलायतको चाहना रहेको बताए । उनले मार्चसम्ममा बेलायतले उक्त निर्णय लिन सक्ने बताए ।

बेलायतले फेब्रुअरीको मध्यसम्ममा बेलायतका एक करोड ३० लाख जेष्ठ नागरिक, होमकेयरका कर्मचारी र फ्रन्टलाइन कर्मचारीहरुलाई कोरोना खोप दिने लक्ष्य राखेको छ । टाइम्स समाचारपत्रका अनुसार बेलायती मन्त्रीहरुले तीन बुँदे योजना पारित गर्ने सहमति गरेका छन् । जसअनुसार मार्चको पहिलो साताबाट बेलायतमा लकडाउन खुकुलो हुन थाल्नेछ ।

कोरोना संक्रमणबाट मृत्युदर र अस्पतालमा भर्ना हुने दर घट्न सुरु गरेको तथा ५० देखि ७० वर्षका मानिसहरुले खोप पाएसँगै लकडाउन पनि हट्ने बेलायतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!