हिपमत डटकम

आइतबार, माघ ०४, २०७७ || 575  पटक पढिएको

शीतलहरको कारण बालबालिकाहरुलाई बचाउन महोत्तरीमा विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । केही दिनदेखि लगातार शीतलहर बढेपछि जलेश्वर, रामगोपालपुरलगायत नगरपालिकाहरुले आफू मातहतका विद्यालयहरुलाई बन्द गरेको छ ।

रामगोपालपुर नगरपालिकाले अत्यधिक चिसो बढेको कारण वातावरण असहज भई पठनपाठन कार्यमा कठिनाइ भइरहेको भन्दै ६ दिनको लागि विद्यालय बन्द गरेको जनाएको छ । रामगोपालपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रलाल कर्णले एक सूचना जारी गर्नुहुदै माघ ४ गतेदेखि ९ गतेसम्मका लागि रामगोपालपुर नगरपालिका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी जलेश्वर नगरपालिकाले पनि आईतबारदेखि मंगलबारसम्मको लागि जाडो बिदा दिएको छ । नगरपालिकाले शीतलहर बढेको भन्दै तत्काल तिन दिनको लागि नगरपालिका मातहतमा रहेको विद्यालयहरु बन्द गरेको जनाएको छ ।
पछिल्लो एक सातादेखि यसक्षेत्रमा घाम नउदाँउदा जनजीवन असहज हुदै गएको देखिएको छ । मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले अवस्था यस्तै रहने हो भने आफूहरुले पनि विद्यालय बन्द गर्ने जानकारी दिनुहुँदै आफूहरु शीतलहरबाट जोगिने प्रयास थालिसकेको बताउनुभयो ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिले तत्काल शीतलहरबाट जिल्लाबासीलाई जोगाउन पाँच लाख बराबरको ब्लांकेट, कम्बलसहितका न्यानो कपडा खरिद गर्ने निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट सो रकम लिई न्यानो कपडा खरिद गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!