हिपमत डटकम
बिराटनगर,१३ माघ:कुनै पनि व्यक्ति कस्तो होला ? जस्तो देखिन्छ के वास्तवमै त्यो व्यक्ति त्यस्तो होला ? यी सबै सवालको जवाफ पनि हामीलाई ज्योतिषीको माध्यमबाट मिल्न सक्छ । जीवनको गोप्या कुराको खुलासा पनि तपाईको कंडलीले गर्छ ।तर यी सबैको इतर ज्यातिषी विद्याको एक अर्को खास विशेषता छ । जसअन्तर्गत तपाई कुनै पनि व्यक्तिलाई उसको राशिको माध्यमबाट पनि चिन्न सक्नुहुनेछ । अर्थात राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ ।

यो आलेखमा तपाईको राशिको एक महत्वपूर्ण खुवीबारे उल्लेख गरिएको छ । ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् । तर, त्यसमध्ये पनि ४ वटा राशि यस्ता छन्, जो वास्तवमै धेरै बलिया हुन्छन् । यी राशिहरु यती बलवान हुन्छन् की, त्यहाँ अरुले दबिएर बस्नुपर्ने बाध्यता हुन्छ ।मेष राशि:यो श्रेणीमा सबैभन्दा पहिलो नम्बरमा मेष राशि छ । जो राशि अन्य सबै राशिभन्दा उर्जावान मानिन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छ, रोक्नु यीनिहरुको स्वभामा हुँदैन् । यदी कसैले यो राशिका मानिसहरुलाई दिक्क बनाउँछ भने उनीहरुले त्यसको वास्ता गर्न छाडिदिन्छन् ।

मेष राशिका मानिसहरु कसैमाथि भरोसा गर्दैनन् । कुनै पनि कुरालाई सधैं आफू मातहत राख्न सक्षम हुन्छन् । कुनै पनि कार्यमा आफ्नो निर्णय लागू गर्न चाहान्छन्, र धेरैजसो अवस्थामा सफल पनि हुन्छन् । यीनिहरु कसैसँग प्रभावित भएर आफ्नो जीवनको दिशा बदल्दैनन् ।बृश्चिक राशि:बृश्चिक राशिका मानिसहरु समर्पित र इमान्दार हुन्छन् । साथै यस राशिका व्यक्तिहरुको भित्र विद्रोही भावना पनि प्रमुखताका साथ हुन्छ । जो मानिसहरु योग्य हुन्छन्, उनीहरुसँग यस राशिका व्यक्ति इमान्दारी निभाउँछन । तर, जो व्यक्तिहरु खुद धोकेबाज हुन्छन् ती व्यक्तिहरुले भने यस राशिका व्यक्तिबाट सदैव सावधान रहनु जरुरी हुन्छ ।

यो राशिका मानिसहरु धेरै भावुक पनि हुन्छन् । जसकारण कहिलेकाँही यीनिहरुलाई सहन मुस्किल पनि हुन्छ । बृश्चिक राशिका मानिसहरुमा भविश्यका संभावित घटनाबारे थाहा पाउने अद्भुत क्षमता हुन्छ ।कुम्भ राशि:कुम्भ राशि भएका मानिसहरुको सबैभन्दा ठूलो विशेषता भनेको के हो भने उनीहरु भावनामा बगेर कुनै निर्णय गर्दैनन् । यदी जरुर पर्यो भने यीनिहरु आफ्नो भावन र समवेदनाहरुको पनि वास्ता नगरी अगाडि बढ्न सक्छन् । कुम्भ राशिका मानिसहरु धेरै रोचक र जिज्ञासु हुन्छन् । यीनिहरु बुद्धिमान पनि मानिन्छन् । यीनिहरु जिद्धी स्वभावका हुनुका साथै आत्मविश्वासी पनि हुन्छन् ।

मकर राशि:यो राशि सबैभन्दा उत्कृष्ट राशि मानिन्छ, किनभने यो राशिका मानिसहरुमा आत्म नियन्त्रणको भावना धेरै प्रबल हुन्छ । अन्य राशि भएका व्यक्तिको मकर राशिवालाहरुमा उत्कृष्ट तरिकाले सोच्ने र सम्झने क्षमता हुन्छ । यो राशिका मानिसहरु सधैं सक्रिय रहन्छन् । मकर राशिका मानिसहरुमा आत्मविश्वास धेरै नै हुन्छ । जस कारण यो राशिका मानिसहरु धेरै छिटो सफलता हासिल गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!