हिपमत डटकम
पथरीशनिश्चरे, १३ माघ:मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आज ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ ।नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो ।नगरमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको जानकारी गराइएको छ । आर्थिक वर्ष ०७४÷७५ मा २० जना नयाँ कुष्ठरोगी, आर्थिक वर्ष ०७५÷७६ मा ७ जना नयाँ कुष्ठरोगी र आर्थिक वर्ष ०७६÷७७ को हालसम्म १ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । यो वर्षको कुष्ठरोगको नारा ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ रहेको छ ।

यसैगरी, स्वास्थ्य शाखाले माघ २५ गतेदेखि नगरमा घर घरमा गएर हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानका सन्दर्भमा महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा सम्पन्न गोष्ठीमा सवै मानिसले औषधि खानुपर्ने सन्देश सहित औषधि खुवाउने अभियान स्वयमसेविकाहरुलाई खटिन आव्हान गरिएको छ ।

यसैक्रममा भोली नगरका स्वास्थ्य कर्मचारीका लागि सोही प्रकारको अभिमुखीकरणको आयोजना गरिने भएको छ । १० वटै वडामा वडाका २० जना सामाजिक अगुवाहरुका लागि १५ देखि २० गतेसम्म अभिमुखीकरण गर्ने, प्रचार प्रसारका लागि नगरका २० स्थानमा व्यानर राख्ने, स्थानीय रेडियोमार्फत सूचना प्रवाह गर्ने र माइकिङ गरिने छ । साथै विद्यालयहरुमा विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमसँग जोडेर हात्तीपाइले रोग निवारण र त्यस विरुद्धको औषधि सेवनका बारेमा जानकारी गराउने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!