हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 596  पटक पढिएको

एजेन्सी । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड चार लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १५ हजार ९६८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख ९५ हजार १४७ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २०२ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५१ हजार ५२९ जना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड एक लाख २९ हजार भन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख १४ हजार ५०७ सक्रिय सङ्क्रमित रहेका छन् ।

भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ३८६ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १६ जनाको मृत्यु भएको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १८ करोड ३४ लाख ८९ को हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो मङ्गलबार एक दिनमा ८ लाख ३६ हजार २२७ जनाको कोभिड-१९ परीक्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!