हिपमत डटकम

बुधबार, पौष २९, २०७७ || 373  पटक पढिएको

सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निलम्बनमा परेका छन् । मंगलबार युट्युबले ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको हो ।

ट्रम्पको च्यानलबाट हालिएका सामाग्रीहरुले युट्युबको नीति उल्लंघन गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । युट्युबले उनको च्यानलमा अपलोड गरिएका भिडियोमा कमेन्ट गर्न पनि प्रतिबन्ध लगाइने जनाएको छ । यद्यपी, ट्रम्पको च्यानलबाट अपलोड गरिएका कुन भिडियोले युट्युबको नीति उल्लंघन ग¥यो भनेर खुलाइएको छैन ।

यसअघि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेको थियो । त्यस्तै, फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाई अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन् । अमेरिकी संसद् भवनमा ट्रम्पका समर्थकहरुले गत साता हिंसात्मक प्रदर्शन गरेपछि उनीमािथ धमाधम प्रतिबन्ध लाग्न थालेको हो ।

नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको विजयलाई अनुमोदन नगर्न दबाब दिने उद्देश्यले गत साता बुधबार ट्रम्प समर्थकहरुले संसद् भवन घेराउ गरेका थिए । हुलदंगाका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको थियो । ट्रम्पले नै दबाब सिर्जना गर्नका लागि आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए । यी सबै घटनाका बाबजुद जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अमेरिकी संसद्ले अनुमोदन गरिसकेको छ ।
जो बाइडेनले २० जनवरीमा आयोजना हुने समारोहमा राष्ट्रपति पदको सपथ लिदैं कार्यकाल सुरु गर्नेछन् । त्यही समारोहमा उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिनेछिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!