खबर ठुलो छ

प्रदेश २ को सिरहा जिल्लाको मिर्चैया नगरपालिकाका शुभकार्य कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मिर्चैया नगरपालिका वडा नं. ५ मा रहेको सो सहकारी संस्थाले आ.व. ०७६÷०७७ को आय–व्याय सर्वाजनिक गरेको छ । मंगलवार भएको सो साधारण सभामा संस्थालाई सहयोग पु¥याएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान पनि गरिएको छ ।

संस्थाका अध्यक्ष रामरतन यादबको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अतिथि मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादवले सहकारीले समाजमा उल्लेख्य योगदान गरेको बताएका छन् । मेयर यादवले केही सहकारीले उपभोक्तालाई ठगी समेत गरेको बताएका छन् ।

उनले केही सहकारी नियतवस वदमासी गर्ने गरेकोले त्यस्ता सहकारी संस्थाहरुलाई कानुनको कटघरामा ल्याउनु पर्ने बताए । मेयर यादवले सहकारी संस्थामा आबद्ध भएकाहरुलाई विश्वासिलो संस्थामा मात्र कारोवार गर्न सुझाव समेत दिएका हुन् । अबको समय सहकारीहरुको लागि समेत चुनौतिपूर्ण भएकोले उपभोक्तालाई विश्वासमा लिई उचित ठाउँमा लागनी गर्न तथा सदस्यहरुमा समुचित लाभ बाँडन वृहत योजनाका साथ अगाडी बढ्न आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा आफ्नो मनतव्य राख्दै संस्थाका अध्यक्ष रामरतन यादबले कृषि कर्जा र व्यावसायिक कर्जालाई प्राथमिकता दिएको जानकारी दिएका छन् । उनले यस संस्थाले शेयर सदस्यहरुका साथै स्थानियलाई समेत सहज रुपमा रेमिटन्स सेवा उपलब्ध गराएको बताएका छन् ।

संस्थाले सदस्यहरुको व्यवसायिक, सामुहिक वा व्याक्तिगत रुपमा दैनिक प्रयोग भएका वस्तुहरुको महशुल सेवा पनि प्रदान गर्दै आएको बताएका छन् ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका सहकारी शाखा प्रमुख धनञ्जय कुमार महतो, वडा नं. ५ का अध्यक्ष धिरेन्द्र कुमार साह, १ का अध्यक्ष धनीकलाल यादव, ११ का वडाअध्यक्ष कृष्ण कुमार हजाम, कल्याणपुर नगरपालिका वडा नं.९का अध्यक्ष सुर्यनाथ यादव, राधाकृष्ण साह, प्रमोद साह, भरत कुमार यादव, रामशरण साह, रंजित कुमार साह, आरती कुमारी मंडल, पुनम कुमार साह, अशोक कुमार दास, जनकलाल साह, रामवावु महतो, कमल साह लगायत संस्थाका शेयर धनि, शिक्षक, विभिन्न राजनीतिक दलक प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, संचारकर्मी एवं नगरवासीहरुको उपस्थिती थियो ।

मंगलबार, पौष २८, २०७७मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया