मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्र्षीघाटमा ४ सय मिटर मल्टिस्पान झुलुङ्गे पुलको निर्माणकार्य सम्पन्न भएको छ । समयावधि भन्दा पाँच महिना अगाडी नै पुल निर्माणकार्य सम्पन्न भएको छ । डाईगनथानी हिमशिखिर जेवीले २०७५ चैत्र २६ गते ठेक्का सम्झौता गरेर पुल निर्माणकार्यको शुरुवात गरेको थियो ।
नेपाल सरकारको ४ करोड २० लाख ३५ हजार ४ सय ४५ रुपैयाँको लागतमा ४ सय मिटर लम्बाइ रहेको झुलुङ्गे पुल सुनवर्सि घाटमा निर्माण भएको हो । झुलुङ्गे पुल बनेपछि सो क्षेत्रका स्थानीयहरुलाई आवत जावतमा सहज भएको हो । पुल नहुँदा स्थानीयले भोगनु परेको समस्या समाधान मात्रै नभएर पर्यटनको दृष्टिकोणले पनि सो क्षेत्रको महत्व बढ्दै गएको छ ।
पुलनिर्माण पश्चात सुनवर्षीघाटमा मोरङ, झापा, सुनसरी लगायतका विभिन्न स्थानबाट सयौँ युवा–युवती, बृद्ध लगायत सर्वसाधारणहरु पुल हेर्न आउने गरेका छन् । उनीहरु उक्त पुलमा आएर फोटो खिच्ने, मनोरम दृश्य अबलोकन गर्ने र टिकटक समेत बनाउने गरेका छन । पछिल्लो समयमा सो क्षेत्र पर्यटकीय स्थलको रुपमा सञ्चालनमा आएको र सर्वसाधारणहरुको समेत घुँईचो लाग्ने गरेको स्थानीय कुमार बुडाथोकीले बताए । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार उक्त कम्पनीले ५ महिना अगाडि नै सबै प्रक्रिया पुर्याएर निर्माणकार्य सम्पन्न गरेको ठेक्केदार लोकबहादुर बस्नेतले बताए । झुलुङ्गे पुल निर्माण पश्चात स्थानीयहरुको दैनिकी व्यवसायमा वृद्धि समेत भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!