आइतबार, माघ १२, २०७६ || 889  पटक पढिएको

हिपमत डटकम
सुनसरी ,१२ माघ: वराहक्षेत्र नगरपालिकाको एक मात्रै नेतृत्व र व्यक्तित्ब विकासमा तल्लीन अन्तर्राष्ट्रिय संस्था जेसीजको शाखा चक्रघट्टी जेसीजले अौपचारिक रूपमा बर्ष २०२० लाई कार्यभार सुम्पिएको छ ।
माघ ११ गते शनिवारका दिन वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालको प्रमुख अातिथ्यमा सम्पन्न भएको छैटौं पदस्थापन तथा पुरस्कार वितरणको एक भव्य समारोहका बिच चक्रघट्टी जेसीज बर्ष २०१९ कि अध्यक्ष जेसी मञ्जु अाचार्यले बर्ष २०२० का नवनिर्वाचित अध्यक्ष जेसी सन्तोष चौलागाईंलाई पद तथा गोपनियता सपथ ग्रहण गराउँदै पदस्थापन गरेकी हुन् । सोही कार्यक्रममा वर्ष २०२० का लागि निर्वाचित कार्यकारी उपाध्यक्षद्वय जेसी तीर्थराज भट्टराई र जेसी लोमनाथ दाहाल (लोमस), उपाध्यक्षमा निर्वाचित क्रमशः जेसी तेज बहादुर पुरी (सन्तोष), जेसी पूजा सुवेदी, जेसी महेश घिमिरे र जेसी सञ्जयबाबु अधिकारी, जनसम्पर्क अधिकारीमा निर्वाचित जेसी प्रविण बुढाथोकी तथा नवनिर्वाचित अध्यक्षद्वारा मनोनीत हुने प्रमुख कार्यकारी पदका कानुनी सल्लाहकार जेसी सुरेन्द्र श्रेष्ठ, महासचिव जेसी सञ्जय राउत र कोषाध्यक्ष जेसी मौसम न्यौपाने लगायत मनोनीत पदाधिकारीहरूले समेत अाफ्नो पदभार ग्रहण गरेका छन् ।
सो अवसरमा बर्षभरि उत्कृष्ट कार्यक्रम सम्पन्न गर्न कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका जेसी लोमनाथ दाहाल, उत्कृष्ट जेसीज सदस्य जेसी अाशिका दाहाल तथा अनुशासित जेसीज सदस्य लक्ष्मी कार्कीलाई विधागत रूपमा सम्मान गरियो । त्यसैगरि सोही समारोहका बिच वराहक्षेत्र नगरपालिकामा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याइरहेका तथा चक्रघट्टी जेसीजलाई निरन्तर सहयोग पुर्याइरहेका व्यक्तित्वहरू खगेन्द्र बहादुर निरौला, भवानी प्रसाद धिमाल र दिपक अधिकारीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख निलम खनालले जेसीज अाफैमा फरक तथा पृथक उदेश्यका साथ समाजमा सक्रिय संस्थाको रूपमा रहेको बताए । साथै जेसीजको प्रत्येक बर्ष भव्य र सभ्य रूपमा एकले अर्कालाई पदस्थापन गरि गरेको फरक अभ्यासलाई अरू संघसंस्थाहरूले पनि अनुसरण गर्नुपर्ने पद्धति भएको समेत बताए भनें नगरको तर्फबाट जेसीजलाई निरन्तर गर्नुपर्ने सहयोगमा अाफु प्रतिबद्ध रहेको समेत बताए ।
नेपाल जेसीज अन्तर्गतका विभिन्न शाखाका अध्यक्ष तथा पदाधिकारीहरू, वराहक्षेत्र नगरपालिकाका राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थितिका बिच चक्रघट्टीको बुधबारे चोकमा सो कार्यक्रम सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!