हिपमत डटकम
झापा,१२ माघ: युवा समाजसेबी कुमार राईको यतिबेला चर्चा चुलिएको छ । इलामको चुलाचुली स्थायी घर भई झापाको दमकमा बसेर सामाजिक सेवामा सक्रिय रहेका कुमारले आइतबार चुलाचुलीमा रहेको बालज्योति माध्यमिक विद्यालयका १ सय जना विद्यार्थीहरुलाई स्कुल डे«स प्रदान गरे ।
जेहेन्दार र विपन्न समूदायका विद्यार्थीहरुलाई विद्यालय डे«सको अभावमा विद्यालय जानबाट बञ्चित नहुन भनेर सानो सहयोग गरेको कुमारले बताए । दमक चौकमा ५ रुपैयाँमा सादा खाना, १० रुपैयाँमा माशु खाना र १ रुपैयाँमा सुत्ने ब्यवस्था मिलाएर चर्चामा आएका कुमारले बाल गायक अशोक दर्जीदेखि झापा, मोरङ तथा इलामका दर्जन बढी स्थानमा सहयोग गरिसकेका छन् ।