हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 639  पटक पढिएको

काठमाडौं। राष्ट्रपति निर्वाचनको मतपरिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा भड्किको छ ।हिंसापछि गोली लागेर १ महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ ।

वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ) अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानूनी पुष्टि गर्ने कार्यक्रम थियो ।

यसैक्रममा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पका सयौं समर्थकहरू भेला भएर प्रदर्शन सुरू गरे । प्रदर्शनकारी क्यापिटल बिल्डिङभित्रै प्रवेश गरेर अमेरिकी राष्ट्रपति चुनाव रद्ध गर्न माग गर्न थालेपछि हिंसा सुरू भएको थियो ।

प्रदर्शनकारीलाई रोक्ने प्रयासमा नेसनल गार्डस् एक्सनमा उत्रिएपछि क्यापिटल बिल्डिङमा प्रदर्शन गर्ने १ महिलालाई गोली लागेर अस्पतालमा मृत्यु भएको छ ।

करीब तीन घण्टाको तोडफोड र हिंसात्मक प्रदर्शनपछि अहिले स्थिति नियन्त्रणमा रहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

अमेरिकामा भएको हिंसात्मक घटनाको चौतर्फी निन्दा भइरहेको छ । चुनावमा धाँधली भएको भन्दै ट्रम्पले बिना प्रमाण आफ्ना समर्थकलाई उक्साएको कारण हिंसा फैलिएकाले अमेरिकी लोकतन्त्र विश्वसामु लज्जित बनेको टिप्पणी गरिँदैछ ।

हिंसाबीच राष्ट्रपतिमा निर्वाचिन बाइडनले ट्रम्पसँग हिंसालाई अन्त्य गर्न र संविधानको रक्षा गर्न अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!