बुधबार, पौष २२, २०७७ || 1605  पटक पढिएको
तस्बिर -बीरेन्द्रकुमार साह/निशान कंडेल

राजा आउ देश बचाउ, राजा जनता एका होउ नारा सहित सुनसरीको इटहरी देखि विराटनगर सम्म राजबादीहरुले विशाल र्याली निकालेको छ ।


नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने, राजसंस्थालाई पुनः स्थापना गर्नुपर्ने, संघियता खारिज गर्नुपर्ने माँग सहित हजारौंको संख्यामा सो र्याली निकालिएको हो । इटहरीबाट निकालिएको र्याली विराटनगर स्थित महेन्द्र चौकमा कोणसभा परिणत भयो ।

हजारौंको संख्यामा निकालिएको सो र्यालीमा पुर्वमन्त्रीहरु बद्री प्रसाद मण्डल, कुमार सुब्बा, टेक नारायण राजबंशी, सिनेत श्रेष्ठ समेतको उपस्थिती रहेको छ । त्यस्तै सिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिलबाबा बस्नेत, राप्रपाका केन्द्रिय कार्यसम्पादन समितिका सदस्य प्रहलाद साह, हिन्दुगुरु श्रीनिवास आचार्य ,सामाजिक अभियन्ता डिल्लीराम खनाल लगायतको उपस्थिति रहेको छ ।

 

लोकतान्त्रीक शक्तिहरुको गुटगत र दलगत स्वार्थले गर्दा नित्याएको राजनीतिक जटिलताले राजाबादीहरु पूर्ण सकृय भएका छन् । उनीहरु प्रायः दिनहुँ देशव्यापी प्रदर्शन गरिरहेका छन् । राजाबादीको प्रदर्शनमा युवाहरुको समेत उल्लेख्य सहभागिता रहेको छ ।

लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारले आम जनतामा उत्पन्न भएको वितृष्णा राजाबादीहरुको लागि मौकामा चौका जस्तो भएको छ । दुई तिहाई बहुमतको सरकारले समेत पाँच वर्ष सम्म सरकार चलाउन नसक्दा लोकतन्त्रमाथी नै प्रश्न चिन्ह उठेको छ ।
लोकतान्त्रीक शक्तिहरु आफैमा विभाजित भएकोले राजाबादीहरुको सानो स्वर गर्जनामा बदलिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!