हिपमत डटकम

बुधबार, पौष २२, २०७७ || 1342  पटक पढिएको

मानव अधिकारकर्मीहरूले बलात्कारको अनुसन्धानमा ‘कुमारीत्व परीक्षण’ गर्ने कार्यलाई गैरकानुनी मान्ने पाकिस्तानी अदालतको निर्णयको स्वागत गरेका छन्।

पन्जाब प्रान्तमा लागु हुने उक्त आदेशपछि महिलाको योनिमा औँला छिराएर परीक्षण गर्ने चलन अन्त्य हुनेछ।

लाहोर उच्च अदालतका न्यायाधीश आयिसा मलिकले त्यस्तो जाँच ‘अपमानजन’ रहेको र त्यसको ‘विधिविज्ञानमा कुनै महत्त्व नरहेको’ बताएकी छन्।

पन्जाब प्रान्तमा दर्ता भएका दुईवटा याचिका दर्ता भएपछी यो निर्णय आएको हो।

‘कुमारीत्व उपचार’: के हो र किन यसविरुद्ध आवाज उठिरहेको छ पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने सजाय सिफारिस, प्रभावकारितामा प्रश्न बलात्कारका घटनामा चिकित्सकीय मूल्याङ्कनको रूपमा गरिने त्यस्ता जाँचको वैज्ञानिक आधार नभएको अभियानकर्मीहरूको दाबी छ।

उक्त आदेश अन्य प्रान्तहरूका लागि पनि नजिर बन्न सक्ने बताइएको छ।

यो कस्तो जाँच हो?

महिलाको योनिमा एउटा वा दुइटा औँला छिराएर त्यसको खुकुलोपना र योनिच्छद अर्थात् योनिको मुखमा हुने तन्तुको झिल्लीको अवस्था जाँच्ने कार्यले सैद्धान्तिक रूपमा महिलाहरू यौनिक गतिविधिमा क्रियाशील भए वा नभएको अनि त्यस्तो क्रियाशीलता कुन तहको छ भनेर निर्क्योल गर्ने चलन छ।

केही चिकित्सकहरूको दाबीअनुसार त्यस्तो जाँचले कुनै महिलाको पहिलो पटक यौनक्रिया भएको हो/होइन भन्ने छुट्याउन सक्छ।
अनि त्यस्तो जाँचले बलात्कारका पीडितलाई नै पहिल्यै यौन गतिविधिमा अनुभवी भएको भन्दै उनीहरूलाई दोष दिन प्रयोग गर्ने गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले त्यस्तो जाँच औचित्यहीन रहेको र त्यसको वैज्ञानिक आधार नरहेको स्पष्ट रूपमा बताएको छ।

उसले त्यसलाई मानवअधिकार हनन मान्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!