आइतबार, माघ १२, २०७६ || 909  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,१२ माघ:सबैको छालाको रंग एउटै भए कति जाति हुन्थ्यो होला हगि ? कम्तिमा छालाको रंगकै आधारमा मानिस–मानिस बीच भेदभाव त हुने थिएन होला । यो त मीठो कल्पनाको कुरा भयो, व्यवहारमा यस्तो सम्भव हुँदैन ।

तपाईं हामीमध्येकै कतिपयको छाला सेतो, गहुँ गोरो, कालो, पहेंलो पहेंलो जस्ता विभिन्न खालका हुन्छन् । एउटै जातिका मान्छेहरुकै छाला पनि समान हुँदैनन् भने जाति पिच्छै नै छालाका रंगहरु झनै भिन्नाभिन्नै हुन्छन् । चर्को घाम लाग्ने स्थानमा बस्नेहरुको छालाको रंग बढी कालो हुन्छ भने, घाम कम लाग्ने स्थानका मानिसहरुको छालाको रंग पहेंलो पहेंलो वा सेतो हुन्छ ।

आखिर मान्छेको छालाको रंग किन यसरी भिन्नाभिन्नै भएको होला ? किन मानिसहरुको छालाको रंग एकै नभएको होला ?

मानिसको छालाको रंग कस्तो हुने भन्ने कुरा उसको शरीर र छालामा हुने रासायनिक प्रक्रियामा निर्भर गर्दछ । वास्तवमा, हाम्रा छालाका तन्तुहरुमा रंगका निश्चित आधारहरु हुन्छन्, जसलाई chromogens भनिन्छ । रोचक के छ भने, यो क्रोमोजेन आफैंमा चाहिँ रंगहीन हुन्छ । जब निश्चित फर्मेन्ट्स (ferments) वा इन्जाइम (enzymes) हरुको यी रंगका बेस (base) (एउटा खास रसायन)हरुसँग प्रतिक्रिया हुन्छ, तब हाम्रो छालाको निश्चित रंग निर्धारण हुन्छ । बेस भनेको त्यस्तो रसायन हो जसले अम्ल (acid) सँग प्रतिक्रिया गरेर लवण (salt) र पानी निकाल्दछ ।

सम्बन्धित सामग्री
कोही काला, कोही गोरा किन हुन्छन् होला ?
जब कुनै कारणले मानिसको छालाको निश्चित भागमा वा पूरै छालामा त्यस्ता रंग–बेसहरु हुँदैनन् वा त्यससँग कुनै कारणले इन्जाइम वा फर्मेन्ट्सहरुको प्रतिक्रिया हुँदैन, त्यस अवस्थामा मान्छेको छालाको रंग पूरै सेतो हुन्छ । यस्तो अवस्थालाई दुबी (albino) आएको भनिन्छ । यो संसारको जुनसुकै भागको मानिसलाई पनि हुन सक्छ । उदाहरणको लागि, सामान्यतः छाला अति कालो हुने दक्षिण अफ्रिकाको मानिसलाई समेत यो हुन सक्छ । यस्तो अवस्थामा त्यस्तो मानिसको छाला गोरोभन्दा गोरो मानिसको छालाभन्दा पनि सेतो हुन्छ ।

त्यसो त रंग–बेसबिना नै पनि छालाको रंग सामान्यतः खैरो–सेतो रंगको हुन्छ । अझ छालामा हुने पहेलो पिग्मेन्ट (pigment) ले यसलाई पहेलो पहेलो रंग प्रदान गर्छ । छालामा नै पहेंलोबाहेक अर्को कालो रंगको पिग्मेन्ट पनि हुन्छ, जसलाई मेलानिन (melanin) भनिन्छ । यो पिग्मेन्ट आफैंमा पूर्ण कालो रंगको हुँदैन तर जब एकैठाउँमा यो पिग्मेन्ट बढी जम्मा हुन्छ, त्यस अवस्थामा छालाको रंग कालो देखिन्छ ।

माथिका तीन रंगहरु, सेतो, पहेंलो, कालो बाहेक हाम्रो छालामा रहने रक्तनलीहरुले गर्दा छालाको रंगमा रातोपन पनि थपिन्छ । मानिसको छालाको रंग मुलतः यिनै चार वटा रंगहरु– सेतो, पहेंलो, कालो र रातोको संयोजनबाट विभिन्न रंगको देखिन्छ ।

त्यसो त घामको किरणले हाम्रो छालामा मेलानिन उत्पन्न गराउँदछ । यही नै त्यो कारण हो, जसले गर्दा बढी घाम लाग्ने ठाउँमा बसोबास गर्ने मानिसहरुको छालाको रंग कालो हुन्छ । घाममा बढी काम गर्ने मानिसहरुको छाला डढ्यो भन्नु पनि यही मेलानिन बढी पैदा/सक्रिय भएकै कारणले गर्दा हो ।

सन्दर्भ स्रोतः Tell Me Why

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!