काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले विभिन्न उतार–चढाव र चुनौतीका बाबजुद नेपाल प्रहरी संगठन अझ सबल बन्दै नागरिक सेवामा निरन्तर समर्पित रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १८३औँ समूहको दीक्षान्त समारोहमा बोल्दै महानिरीक्षक कार्कीले सात दशकभन्दा लामो इतिहास बोकेको नेपाल प्रहरीले अनेकौँ कठिनाइ, दबाब र आलोचनाका बाबजुद आफ्नो जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै आएको बताए। उनले विगतका विभिन्न घटनाक्रमपछि पनि प्रहरी संगठनले ‘धुलो टक्टक्याएर खरानीबाट उठेझैँ’ पुनः आफूलाई सुदृढ बनाउँदै नागरिक सेवामा अग्रसर रहेको उल्लेख गरे।

कार्कीले नागरिकका अनगिन्ती समस्या र बढ्दो अपेक्षाको सामना गर्दै समाधान तथा सहजीकरणमा नेपाल प्रहरीले सधैं अग्रपंक्तिमा उभिएर सरकारको उपस्थिति अनुभूत गराएको बताए। साथै समय, युग र परिवेशअनुसार प्रहरीलाई राज्यको ‘फास्ट रेस्पोन्डर’ तथा प्रमुख कानुन कार्यान्वयन निकायका रूपमा थप सशक्त बनाउन कार्यगत स्वायत्तता, वैज्ञानिकीकरण तथा साधन–स्रोतमा युग सुहाउँदो सरकारी लगानी आवश्यक रहेको धारणा राखे।

प्रहरीको जिम्मेवारी, चुनौती, अवसर र दायित्व क्रमशः बढ्दै गएको उल्लेख गर्दै महानिरीक्षक कार्कीले प्रहरी अधिकृतहरूलाई अझ लगनशील, अनुशासित र जिम्मेवार बन्न निर्देशन दिए।

दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई तत्कालै निर्वाचनसम्बन्धी सुरक्षाकर्ममा खटाइने जानकारी दिँदै उनले राष्ट्रसेवामा इमान्दारीपूर्वक समर्पित हुन आग्रह गरे।

समारोहमा ९ जना महिला र ८३ जना पुरुष गरी कुल ९२ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!