आइतबार, माघ १२, २०७६ || 1201  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १२ : लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो । गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो । भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । तर सुरुमा उनले नै पेनाल्टीमा गोल गर्न सकेका थिए । म्याक्सीले एक गोल गरे भने उनकै प्रहारमा एक आत्मघाती गोल भएको थियो । खेलको १२ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले फाउल गरेपछि भ्यालेन्सियाले पेनाल्टी पाएको थियो । तर म्याक्सी गोमेजको प्रहार बार्सिलोनाका गोलकिपर टेर स्टेगनले बचाए । दोस्रो हाफमा भ्यलोन्सियाले २ गोल गर्‍यो । ४८ औं मिनेटमा उनै म्याक्सी गोमेजको प्रहार बार्सिलोनाका जोर्दी अल्वालाई डिफ्लेक्ट हुँदै गोल भयो । यस्तै ७७ औं मिनेटमा म्याक्सी गोमेजले भ्यालेन्सियाका लागि दोस्रो गोल गरे । हारपछि बार्सिलोना शीर्ष स्थानमा यथावत् त छ तर रियल मड्रिडसँग समान अंक छ भने रियलले एक खेल कम खेलेको छ । २१ खेलबाट बार्सिलोनाको ४३ अंक छ । २० खेलबाट रियलको ४३ अंक छ । रियलले सोमबार रियल भाल्लाडोलिडसँग खेल्दैछ । उक्त खेलमा जित र वा बराबरीले रियल मड्रिड शीर्ष स्थानमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!