आइतबार, माघ १२, २०७६ || 845  पटक पढिएको

हिपमत डटकम
माघ १२ : नायक साहरुख खान ठूलो पर्दाबाट टाढा रहेको १ बर्ष बढी भैसक्यो । सन् २०१९ मा उनका कुनै पनि चलचित्र रिलिज भएनन् । साहरुखले सन् २०२० लागिसक्दा पनि कुनै चलचित्रको घोषणा गरेका छैनन् । उनै, साहरुखले निर्देशक राजकुमार हिरानीको चलचित्रमा काम गर्न लागेको खबर भारतीय मिडियामा फैलिएको लामै समय भैसकेको छ । तर, साहरुखले यस बिषयमा केही पनि बोलेका छैनन् । यसैविच, साहरुखले ट्विटरमा आफ्ना फ्यानहरुसँग कुराकानी गरेका छन् । फ्यानले सोधेका प्रश्नको जवाफ उनले दिएका थिए ।
यसमध्ये, एक फ्यानले उनलाई सोधे–‘सर, सबै चलचित्र असफल भैरहेको छ । कस्तो लाग्दैछ, कृपया जवाफ दिनुहोला ?’ यसमा साहरुखले जवाफ दिए–‘आर्शिवादमा विश्वास राख्नुहोस् ।’ एक फ्यानले उनलाई सोधे–‘मन्नतको एउटा रुम भाडामा चाहिएको छ ? भाडा कती पर्छ ?’ यसमा साहरुखले जवाफ दिए–‘३० बर्षको मिहिनेत पर्छ ।’साहरुखलाई एक फ्यानले यो दशकमा के गर्नुहुन्छ भनेर प्रश्न सोधे । जसमा साहरुखले जवाफ दिए–‘यो दशकमा म मेरो जीवनकै उत्कृष्ट चलचित्रमा काम गर्छु ।’ साहरुख र फ्यानको सवालजवाफ ट्विटरको विश्व ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!