आइतबार, माघ १२, २०७६ || 1011  पटक पढिएको

हिपमत डटकम
सिरहा  ,माघ-१२ गते :साउदीबाट फर्केको एक हप्तामा आफ्नो पत्नीलाई जलाएर हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  शुक्रबार राती खाना पकाउँदै गर्दा २५ वर्षीया अनितादेवी यादवलाई उनको पति विनोद यादवले जलाएर हत्या गरेको माइती पक्षको आरोप छ ।आगोले जलेर गम्भिर घाइते भएकी अनितादेवीलाई विराटनगर पु¥याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लगिएको थियो । अनितादेवीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पति विनोद यादवले बायनको क्रममा आफूले नै आगो लगाएको प्रहरी ब्यानको क्रममा स्वीकार गरेको प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!