हिपमत डटकम
झापा,११-माघ: राजश्व छली गरेर झापा भित्र्याउँदै गरेको अवस्थामा अवैध सुर्ती इलाका प्रहरी कार्यलय गौरिगन्जले सनिवार बरामद गरेको छ। आन्तरिक राजश्व कार्यालयको स्टीकर नटाँसिएको अवस्थाको रु २१ हजार बराबरको अवैध ७० किलो सुर्ती आज बिहान ९ बजे प्रहरीले बरामद गरेको हो।प्रहरीले झापा गौरिगन्ज गाउपालिका-३ गेउरिया पुल स्थित भारतबाट नेपाल तर्फ साइकलमा ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो। बरामद भएको सुर्ती इलाका प्रहरी कार्यलय गौरिगन्जमा राखिएको प्रहरीले जनाएको छ ।