शनिबार, माघ ११, २०७६ || 857  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,११-माघ: गत जेठमा सार्वजनिक मतपरिणाम अनुसार, सिक्किमको ३२ सदस्यीय विधानसभा निर्वाचनमा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले १७ र सिक्किम डेमोक्र्याटिक फ्रन्ट (एसडीएफ) ले १५ स्थानमा जित हासिल गरे । लोकप्रिय मतमा भने एसडीएफ नै अगाडि रह्यो । एसडीएफले एक सिट बढाउन सकेको भए सिक्किमको राजनीतिमा आज जे छ, त्यो नहुन सक्थ्यो । त्यही एक सिटको कमीले २५ वर्षदेखि एकछत्र शासन गरिरहेका मुख्यमन्त्री पवनकुमार चाम्लिङलाई सत्ताबाट बाहिर पठायो । र, कुनैबेला चाम्लिङकै क्याबिनेटमा मन्त्री रहेका प्रेमसिंह तामाङ (पीएस गोले) बहुमतका लागि आवश्यक न्यूनतम १७ सिट जितेर मुख्यमन्त्री बने । ६९ वर्षीय चाम्लिङ अहिले सिक्किमको राजनीतिमा आफैंले हुर्काएका गोलेले गान्तोकको सुनागाभा रोडस्थित मुख्यमन्त्री भवनमा गरिरहेको कामकुरा नियाली रहेका छन् । सन् १९८२ मा दक्षिणी सिक्किमस्थित याङगाङ ग्राम पञ्चायतको अध्यक्षबाट राजनीतिक जीवन प्रारम्भ गरेका चाम्लिङले भारतमा सबभन्दा लामो समय मुख्यमन्त्री बनेको रेकर्ड बनाएका छन् ।‘यलम्बर हाङ’ सम्मान ग्रहण गर्न नेपाल आएका उनी गत हप्ता दिनभन्दा बढी काठमाडौंमा बसे । पितृ देशमा अनेक देवदेवीको दर्शन र निजी भेटघाट गरिरहेका उनले नेपाललाई जैविक खेती प्रणाली अगाल्न सुझाव दिएका छन् । अनलाइनखबरसँगको अन्तर्वार्तामा चाम्लिङले गणतन्त्र भारतमा नेपालीभाषी भएकै कारण विभेद भोग्नु परेको कुरा लुकाउन चाहेनन् । उनले विश्वभर फैलिएका नेपाली जातिको विश्व सम्मेलन गर्नुपर्ने प्रस्तावसमेत अनलाइनखबरमार्फत राखेका छन् ।
पवन चाम्लिङ डरछेरुवा, मूर्ख नेता होइन । ममा केही छ र न भारतमा २५ वर्ष मुख्यमन्त्री बनेँ । सबभन्दा बढी मुख्यमन्त्री बनेको रेकर्ड राख्न सफल भएँ । म सत्ताबाट बाहिरिँदा तमाम मान्छेहरूले आँसु झारे । यस्तो विरलै हुन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!