हिपमत डटकम

सोमबार, पौष १३, २०७७ || 1029  पटक पढिएको

बेलबारि। नेपाली काँग्रेसका महासमिति सदस्य बसन्त भटराइले प्रधानमन्त्री केपी ओलिले जनताको जनादेशको अपमान गर्दै लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका छन । भारतको सबैभन्दा ठुलो एजेन्ट प्रधानमन्त्री ओली रहेको बताउदै उग्र राष्टबादको नारा लगाइ चुनावमा २ तिहाइ बहुमत प्राप्त गरेकोले जनताको मतको अवमुल्यन गरेको उनले आरोप लगाए ।
नेपाली काँग्रेस मोरङ क्षेत्र नं ३ ले संसद् विघटनको विरोधमा बेलबारीमा आयोजना गरेको बृहद प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कांग्रेस महासमिति सदस्य तथा प्रदेश १ शांसद शेखरचन्द्र थापाले निर्वाचनमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर निर्वाचनको मिति समेत तोकिसकेकाले कांग्रेसले निर्वाचनलाई स्वीकारेर जानपर्ने बताए । उनले कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनलाई आत्मसाथ गर्दै मतदाताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले तोकिएकै समयमा निर्वाचन गराउनेमा आशंका व्यक्त गर्दै निर्वाचन गराउन कांग्रेसले दबाब सिर्जना गर्न सडक आन्दोलन र मतदाता जागरुक अभियान सुरु गर्न थपाले आह्वान गरेका छन ।

त्यसैगरी नेपाली काँग्रेस संघिय संसदका उमेद्वार सुनिल शर्माले प्रधानमन्त्री ओलीले सत्तामा बसेर भ्रष्टाचार बढाउने बाहेक कुनै परिवर्तनका लागि काम गर्न नसकेको आरोप लगाए । ‘प्रधानमन्त्रीले सत्ता बस्ने बाहेक देश परिवर्तनका लागि कुनै काम गरेनन् ।,’ शर्माले भने । निर्मला बलात्कार काण्डका अभियुक्तलाई कारबाही गर्न समेत नसकेको भन्दै उनले सरकारको आलोचना गरे । शर्माले कोरोना नियन्त्रण गर्न पर्ने समयमा सरकारले भ्रष्टाचार बढाउने काम मात्र गरेको बताए ।
त्यसैगरी महासमिति सदस्य प्रदेश सभा संसदका उमेद्वार ललित श्रेष्ठले नेपाललाई स्विजरल्याण्ड बनाउने, रेल ल्याउने, घरघरमा ग्यास पुर्याउने सपना बाडेर सत्तामा पगेको नेकपाले भ्रष्टचार, हत्या, हिंसा बाहेक समृद्धि दिन नसकेको बताए । नेकपा सरकार अहिले एसियाकै भ्रष्ट सरकार भएको उनले बताए ।
त्यसैगरी महासमिति सदस्य महेन्द्र सुवेदीले स्थिर सरकारको अपेक्षा राखेर २ तिहाइले जिताएको नेकपा अहिले सत्ताको खेलको लागि आन्तरिक रुपमा बाझेर जनमतालाइ अवमुल्यन गरेको आरोप लगाए । कम्युनिष्ट प्रधानमन्त्रिहरुले दिन नसकेको संबिधान नेपाली काँग्रेसको नेतृत्वमा सफल भएपनि प्रधानमन्त्री केपि ओलिको गैर संवैधानिक कदमका कारण संकटमा परेको बताए ।
कोणसभामा महासमिति सदस्य नगेन्द्र कटेलले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिए ।

कोणसभामा महाधिवेसन प्रतिनिधि सन्जय भटराई, जिल्ला सदस्य सुयर्मा राई, लगायतले कोणसभामा महाधिवेसन प्रतिनिधि सन्जय भटराई, जिल्ला सदस्य सुयर्मा राई, बेलबारी नगर सभापति सम्भु भटटराई लगायतले सम्बोधन गरेका थिए । सुन्दरहरैचा बिराटचौकबाट सुरु भएको र्यालि बेलबारीमा पुगेर कोणसभा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!