हिपमत डटकम
लेटाङ,११ माघ:लेटाङका युवाद्वारा सन्चालित सामाजिक काममा अत्यन्तै सक्रिय जनसेवा युवा क्लब, लेटाङले शनिबार अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । सस्थाले कार्यक्रममा आ.व. ०७६/७७ को पहिलो ६ महिनाको कार्यप्रगति विवरण र आगामी कार्ययोजना सार्वजनिक गरेको थियो । ५ नम्बर वडाका अध्यक्ष भुम सुर्य मगर सहित अन्य जनप्रतिनिधिहरु, क्लबका सल्लाहकार तथा सदस्यहरु र कार्यसमितिले क्लबले गरेका कार्यक्रमहरु विषयमा समिक्षात्मक छलफल तथा आगामी कार्ययोजना सम्बन्धमा सहयोग प्रतिबद्धता सहित सुझावहरु प्रस्तुत गरेका थिए । क्लबले यो अबधिमा जेष्ठ नागरिक सम्मान, साँस्कृतिक कार्यक्रम, बाल दिवस तथा दशैं विषेश कार्यक्रमहरु, खेलकुद गतिविधिहरु, कम्प्युटर तथा अंग्रेजी भाषा तालिम, प्रथम साधारण सभा, कलाकार सम्मान तथा शैक्षिक भ्रमण कार्यक्रम जस्ता विविध कार्यक्रमहरु सम्पन्न गरेको क्लबका अध्यक्ष राजु गौतमले बताए । त्यस्तै क्लबले सामुदायिक विद्यालयको प्राथमिक तहका सदस्यका छोराछोरीलाई छात्रवृत्ति कार्यक्रम, प्रदेश सरकारसँगको सहकार्यमा जनचेतनामूलक कार्यक्रम, विभिन्न संस्थासँगको साझेदारीमा सीप विकास तथा क्षमता अभिवृद्धि तालिम लगायतका कार्यक्रम आगामी छ महिनामा सम्पन्न गर्ने लक्ष्य लिएको समेत कार्यक्रममा जानकारी दिइएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङमा बिधिबत दर्ता भएको उक्त सस्थाले लेटाङ नगरपालिका वडा नं ५ सँगसँगै लेटाङ नगरमा समेत विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, साँस्कृतिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!