प्रदेश १ को राजधानी विराटनगरमा संसद विघटनको विरोधमा मोरंग काँग्रेसले प्रदर्शन गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद विघटन गरेको विरोधमा प्रदर्शन गरेका हुन् ।
संसद विघटनको विरोधमा चौतर्फी आलोचना भई रहेको समयमा मोरंग काँग्रेसले सो प्रदर्शन गरेको हो । विराटनगरको तीनपैनी चौक देखि निकालिएको विरोध रैली जलजलामोडमा गई कोणसभा परिणत भएको हो । रैलीमा नेपाली काँग्रेशका केन्द्रिय नेता सहित मोरंग काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको छ