सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले केही बेरमा सुरु हुने भनिएको छ । तर, बैठक अघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्तामा जुटेका छन् । आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्टपतिसमक्ष सिफारिश गरेपछि नेकपाभित्र ठूलो हलचल पैदा भएको छ ।

अध्यक्ष दाहालले ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै कडा आपत्ति जनाएका छन् । उनले ओलीले गणतन्त्रमाथि नै कू गरेको कडा आरोप लगाएका थिए । अहिले बालुवाटारमा नेकपाका नेताहरु धमाधम प्रवेश गरिरहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल प्रवेश गरिसकेका छन् भने अर्का वरिष्ठ नेता माधव कुमार नेपाल पनि आउँदैछन्

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!