हिपमत डटकम

शनिबार, पौष ०४, २०७७ || 561  पटक पढिएको

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । शनिबार बिहान प्रधानमन्त्री ओली ३ बर्षपछि खुमलटार पुगेका हुन् ।

नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए ।

यसअघि बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । ती भेटवार्ता सकारात्मक बन्न सकेका थिएनन् ।

गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेका बेला ओली खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!