शुक्रबार, माघ १०, २०७६ || 643  पटक पढिएको

हिपमत डटकम जाजरकोट
माघ १० :-जाजरकोटका एक जनप्रतिनिधि ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित पक्राउ परेका हुन्।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीलाई घूससहित बिहीबार दिउँसो सुर्खेतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला केसीलाई ८ लाख रुपैयाँ घुस रकम सहित रङ्गेहात अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

केसीले उपभोक्ता समितिबाट घुस लिएका थिए। कटकुवा हेल्थपोष्ट नजिकैबाट गाउँपालिका अध्यक्ष र चन्द्रबहादुर बस्नेत पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयले जनाएको छ।

केसीले सडक निर्माण उपभोक्ता समितिको बिल पास गरिदिने नाममा घुस मागेका थिए। घुस मागेको बारे अख्तियारमा सूचना पुगेपछि उपभोक्ता समितिका पदाधिकारीको सहयोगमा केसीलाई पक्राउ गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!