हिपमत डटकम

बुधबार, पौष ०१, २०७७ || 1056  पटक पढिएको

एक पटक होइन दुई दुई पटक प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर फिर्ता गर्ने सहमति जनाए । तर, त्यो अध्यादेश उनलाई सत्ताबाट हटाउनेलाई पछि हट्न वाध्य पार्ने अस्त्र बन्यो ।

ओलीले पहिलोपटक सत्ता संकट आउँदा राजनीतिक दल विभाजन गर्न सजिलो बनाउने गरी अध्यादेश ल्याए । राजनीतिक दलसम्बन्धी यो अध्यादेशलाई उनले आफ्नै दल विभाजन गर्न खोजेको आशंका भयो । ओलीलाई सत्ताबाट हटाउन मोर्चाबन्दी गरेका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतमसहितको समूह पछि हट्यो । ओलीले अध्यादेश फिर्ता गर्न दलभित्रको विरोधीलाई आफूलाई हटाउने खेलमा नलाग्ने गरी सहमति गरे ।

ओलीले दोस्रो पटक सत्ता संकट टार्न बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने सम्मको आशा देखाइदिए । तर, बामदेवलाई राष्ट्रियसभासम्म लानेमा सहमत भए । प्रधानमन्त्री त के मन्त्री बनाउन समेत मानेनन् । बामदेव यसकारण निकै चिढिए । ओलीविरुद्धको मोर्चामा सशक्त रुपमा उभिए । जसले तेस्रो पटक उनको सत्ता संकट बढ्यो ।

ओलीविरुद्ध पार्टीमै कठोर निर्णय आउने अवस्था बन्यो । तर, ओलीले यसपट पनि अध्यादेशलाई अस्त्रका रुपमा प्रयोग गरे । उनले संवैधानिक परिषदसम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याए । नयाँ अध्यादेश अनुसारको संवैधानिक परिषदको बैठक डाकेर निर्णय भने गरेनन् । उनले निर्णय अड्काएर पार्टीभित्रका विरोधीलाई सम्झौताका लागि वाध्य पारे ।

ओलीले अख्तियारलगायत संवैधानिक निकायमा नियुक्ति गरेर विरोधीलाई अझ कमजोर बनाउनसक्ने आशंकाहरु उठिरहेको थियो । यो खतरा बुझेर नेकपाभित्रका ओलीविरोधी समूह पछि हट्न वाध्य भयो । अ‍ोलीसँग सहमति बन्यो जसले उनको सत्ता संकट तत्कालका लागि टरेको छ । ओली संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन् । यसरी उनले दुईपटक अध्यादेशलाई सत्ता संकट टार्ने अस्त्रका रुपमा सफल प्रयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!