शुक्रबार, माघ १०, २०७६ || 703  पटक पढिएको

हिपमत डटकम , विराटनगर, १० माघ ः उखु किसानको रकम भुक्तानी नगर्ने दुई उद्योगका सञ्चालको बैक खाता रोक्का हुने भएको छ । तोकिएको समयभित्र रकम भुक्तानी नगर्ने ती चिनी उद्योगको कारोबार रोक्का गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बैंक खाता रोक्का गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।पत्रकार सम्मेलन गर्दै मन्त्रालयले तोकिएको समयसीमा भित्र उखुको रकम भुक्तानी नगर्ने अन्नपूर्ण सुगर एण्ड जनरल उद्योग र लुम्बिनी चिनी उद्योगको खाता रोक्का गरिएकोे जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले उखु किसानको बक्यौता रकम भुक्तानी नगर्दासम्म ती दुवै मिलका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकेको जानकारी दिए ।
ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको उनको भनाई छ । उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए ।
मन्त्रालयका अनुसार ५ वटा उद्योगले कृषकको सबै भुक्तानी गरिसकेको छ । जसमा हिमालयन सुगर मिल्स् प्रालि, इन्दुशंकर चिनी उद्योग प्रालि इष्टर्न सुगर मिल्स्, रिलायान्स सुगर एण्ड केइ प्रालि र भागेश्वर सुगर प्रालि रहेका छन् ।
मन्त्रालयको निर्देशनपछि सबैभन्दा धेरै महालक्ष्मी सुगर मिलले तिरेको छ । यो मिलले माघ ५ गतेसम्म कृषकको ११ करोड ५० लाख भुक्तानी गरेका छन् । यो उद्योगले २१ करोड ४० लाख तिर्न बाँकी रहेको छ । यस्तै अन्नपूर्ण सुगर मिलले ४२ करोड बक्यौतामा ३ करोड ९० लाख मात्र भुक्तानी गरेको छ ।
यसैगरी एभरेष्ट सुगर मिलले बैंक खाता नभएका कृषकका बाहेक सबै कृषकको भुक्तानी दिएको मन्त्रालयले जनाएको छ । यस्तै बाबा बैजुनाथ चिनी उद्योग र वाग्मती खाडसारी मिल्स प्रालि सम्पर्क बिहिन भएका छन् । यी दुई उद्योगको ८ करोड ४१ लाख रुपैयाँ बक्यौता रहेको छ ।
मन्त्रालयले अन्नपूर्ण चिनी मिललाई नेपाल विद्युत् प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न निर्देशन दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र उखु किसानबीच पुस १८ गते माघ ७ भित्र सबै भुक्तानी दिइसक्नुपर्ने सहमति भएको थियो । किसानले उखु उद्योगबाट २०७० सालदेखिको बक्यौता रकम पाएका छैनन् । रकम प्राप्त गर्न वर्षेनी स्थानीयस्तरमा आन्दोलन गरे पनि सुनुवाइ नभए पछि उनीहरूले पुस १० गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा साताव्यापी आन्दोलन गरेका थिए । उखु किसानले वर्षेनी यस्तो समस्या भोग्दै आएका छन् ।
उखु किसान र चिनी मिलका समस्या दिगो रुपमा समाधान गर्नका लागि गठित कार्यदलले कार्य विवरण बमोजिम काम सुरु गरिसकेको मन्त्रालयले जानकारी दिएको छ । उखु किसानलाई अनुदान दिने सम्बन्धी कार्य्विधि २०७५ अनुसार हालसम्म ९२ करोड ४ लाख रुपैयाँ कोष तथा लेखा नियन्त्रक कार्यालयमा विनियोजन भएकोमा गत पुस २० गतेसम्म २३ करोड रकम अनुदान भुक्तानी भएको मन्त्रालयलले जानकारी दिएको छ । साभार कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!