शुक्रबार, माघ १०, २०७६ || 836  पटक पढिएको

हिपमत डटकम , काठमाडौँ,१० माघ ः राजनीतिक स्थायित्व र राज्यका केही निकायको सक्रियताका कारण मुलुकमा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा केही सकारात्मक संकेत ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) को अध्ययन सर्वेक्षणले देखाएको छ । टीआईले बिहीबार सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्स इन्डेक्स–सीपीआई) मा नेपाल विश्वव्यापी वरीयताक्रममा गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । सन् २०१९ को प्रतिवेदनअनुसार नेपालले ३४ अंक पाएको छ । गत वर्ष ३१ अंक पाएको नेपाल यो सुधारसँगै १२४ औं स्थानबाट ११३ औं स्थानमा उक्लिएको छ । भ्रष्टाचारमा संलग्नमाथि कारबाही, व्यापारिक क्षेत्रमा हुने भ्रष्टाचार र राजस्व चुहावटका क्षेत्रमा केही सकारात्मक नतिजा देखिएका छन् भने सार्वजनिक सेवा क्षेत्रमा सुधार र व्यापारिक क्षेत्रमा हुने घुसखोरीमा नियन्त्रण भएको छैन । वरीयताक्रम ११ औं स्थानले अगाडि आउँदासमेत दक्षिण एसियाकै राम्रा मुलुकको तुलनामा नेपालको अवस्था सन्तोषजनक छैन । सुशासनमै नाम चलेका अन्य मुलुकसँग दाँज्दा नेपालको अवस्था ‘टिठलाग्दो’ देखिन्छ । साभार ईकान्तीपुर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!