उर्लाबारी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको आरोप लगाएका छन् ।
मोरङको उर्लाबारीमा कांग्रेस कार्यकर्ता भेटघाटका क्रममा सरकारले जनतालाई पुरै निराश तुल्याएको आरोप लगाएका हुन् । उनले भने,‘सरकारले सुखी नेपाली र समृद्ध नेपाल भनेर अत्यन्तै राम्रो नारा ल्यायो । तर, कम्युनिष्ट नेताहरु आफै विवाद र लुटमा फसेर जनता पुरै निराश भए । देश समृद्ध भयो त ? भएन ।’
नेपाली कांग्रेस मोरङ १ का सभापति खड्ग बहादुर फागोको सभापतित्वमा आयोजित कार्यक्रममा उनले पार्टभित्र गुट र उपगुट तल्लो तहबाट त्याग्नु पर्ने बताए । उनले भने, पार्टीको गुट उपगुट तल्लो तहदेखी नै समाप्त पार्न आवश्यक छ , तर पार्टीको निर्देशन गतिविधी भन्दा बाहिर जानेलाई कारवाही गरिनुपर्छ । त्यसलाई गुट भनिदैन भिजिलान्ते भनिन्छ ।

महतले देशमा भ्रष्टाचारले सगरमाथाको जस्तै उचाइ लिएको आरोप लगाए । ‘यो सरकार काण्डै–काण्डमा फसेको छ, पहिला त गल्ती गर्दा कारबाही हुन्थ्यो, तर अहिले त सरकारले नै संरक्षण दिन्छ,’ उनले भने, ‘देशमा भ्रष्टाचारले सगरमाथाको जस्तै उचाइ लिएको छ ।’
उनले कांग्रेसले यस अघिदेखि नै सरकारलाई लगाउँदै आएको आरोप नेकपाकै शीर्ष नेताले प्रमाणित गरिदिएको दाबी गरे । उनले नेकपा नेतृत्वको सरकार र पार्टी जनताको पक्षमा नरहेको दाबी गरे । ‘
झण्डै डेढ सय कार्यकर्ता सहभागिता रहेको कार्यक्रममा नेपाल महिला संघ केन्द्रिय सदस्य शोभा पालुङ्वा, नेपाली कांग्रेस मोरङ १ क का उपसभापति टिकाराम राई, तरुण दल उपसभापति रोहित कार्की, सचिव राजन रायमाझी ,युवा नेता लोलिम पोमु लगायत सहभागिता रहेको थियो ।
उर्लाबारीको मंगलबारेमा नेता महतले केहि कार्यकर्ता भेट गरेका थिए, तर ति कार्यकर्ताले उर्लाबारीमा भएको कार्यक्रममा उपस्थित नभई अर्कै गुट रुपमा आफुलाई प्रस्तुत गर्दै सामाजिक सन्जालमा मपाई गरेका गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!