बिहिबार, माघ ०९, २०७६ || 931  पटक पढिएको

हिपमत डटकम
काठमाडौं ,९ माघ :सबैभन्दा बढी यौन सन्तुष्टि कुन देशका मानिसहरुले प्राप्त गर्छन्, होला? यो प्रश्नमा पक्कै पनि तपाईंको उत्तर खुला समाज भएका कुनै पश्चिमा देश हुन सक्छ ।

खुला समाज भएका मुलुकहरुमा यौनजन्य रोगमा कमी, टिन प्रेगनेन्सी, गर्भ पत्तनलगायतका विषयमा सुरक्षित रहेको पाइए पनि यौन सन्तुष्टिको मामिलामा भने खुलापनले खासै अर्थ नराख्ने देखिएको छ ।

अनुसन्धानकाअनुसार आपसी प्रेम र सद्भाव, तनावबाट मुक्ति, राम्रो मानसिक तथा शारिरिक स्वास्थ्यलगायतका अवस्था चरम सुखका लगि आवश्यक हुन्छन् ।
यी हुन् अल्टरनेट नामक संस्थाले सार्वजनिक गरेको विश्वका सर्वाधिक यौन सन्तुष्टी प्राप्त गर्ने १० देशः

१. स्वीटजरल्याण्ड
अध्ययनअनुसार स्वीटजरल्याण्डका मानिसहरु सबैभन्दा बढी यौन सन्तुष्टि प्राप्त गर्दछन् । अध्ययनको प्रतिवेदन अनुसार स्वीसहरु आफ्नो यौन जीवन उत्कृष्ठ रहेको मान्दछन् । ३२ प्रतिशतले त सार्वजनिक स्थानमा नै यौन सम्पर्क राखेको बताएका छन् । स्वीटरजरल्याण्डमा वैद्य वेश्यालय प्रसिद्धी, नर्सरीदेखि सुरु हुने विवादित यौन शिक्षा कार्यक्रमका कारण यहाँ मानिसहरु सर्वाधिक यौन सन्तुष्टी प्राप्त गर्ने गरेको उल्लेख छ ।

२.स्पेन
स्पेनमा करिब १० हजार मानिसमा गरिएको अध्ययनमा सहभागि मध्ये ९० प्रतिशत मानिसले यौनसन्तुष्टि प्राप्त गरेको स्बताएका छन् । यो संगै स्पेन यौन सन्तुष्टि प्राप्त गर्ने देशको सूचीमा दोस्रो नम्बरमा उभिएको छ । अध्ययनमा सहभागिहरुले स्थाई यौनसाथीसँग सन्तुष्टिको मात्रा बढ्ने गरेको पनि बताएका छन् । न्युड बीच, तेस्रो लिङ्गीको विवाह मान्यता, पुरुषहरुको आकर्षक ब्यक्तित्व रहेको मानिन्छन् । यी विविध कारणले स्पेनका एक चौथाइ मानिस यौन जीवन उत्कृष्ट मान्छन् ।

३.इटली
खाना र वाइनका लागि प्रख्यात देश इटली, यौन सन्तुष्टिको मामिलामा पनि अग्र स्थानमा नै देखिएको छ । प्रतिवेदनमा जनाइएअनुसार इटलीमा सेक्स खानाको टेबलबाट सुरु हुन्छ, जस्तो कि खाना र सेक्सको कुनै सम्बन्ध रहेको होस् । दिनमा दुई ग्लास वाइन पिउने महिलाहरु यौन सम्बन्धमा बढी सुखी हुने गरेको जनाइएको छ । ६४ प्रतिशत इटालीयनले आफ्नो यौन जीवन सन्तुष्ट रहेको जनाएका छन् ।

४.ब्राजिल
ल्याटिन अमेरिकी मुलुक ब्राजिल सर्वाधिक यौन सन्तुष्टिको भएका देशहरुको सूचीमा चौथो नम्बरमा सूचीकृत हुन सफल भएको छ । विभिन्न अध्ययनले ८२ प्रतिशत ब्राजिलियनहरु हप्ताको एकपटक यौन सम्पर्क गर्ने तथ्य सार्वजनिक गरेका थिए । ब्राजिलियनकै यौन ब्यवहारसँग सम्बन्धित अर्को प्रतिवेदनले भने उनीहरु हप्ताको तीन पटक सेक्स गर्ने गरेको देखाएको थियो । ब्राजिलका पुरुषहरु स्पेनपछि दोस्रो आकर्षक पुरुषमा परेका छन् । ब्राजिलियनहरु अन्य देशका तुलनामा चाडै कुमारित्व गुमाउन गर्छन । अध्ययनमा ब्राजिलियहरु सेक्स सम्बन्ध कायम गर्ने विषयमा पनि सर्वाधिक सिपालु मानिन्छन् ।

५.ग्रीस
डामाडोल अर्थतन्त्र पूर्ण रुपमा नउकासिएको भएपनि ग्रीसका मानिसहरु यौन सन्तुष्टिको मामिलिामा भने अगाडि देखिएका छन् । ग्रीसको यौन ब्यवहार सन्तुष्टिजनक हुनुमा यहाँको शदियौं देखिको यौन खुलापनलाई पनि लिन सकिन्छ । आज पनि मानिसहरु कामको सिलसिलामा, साथीभाईसँग यौनका बारेमा खुलेर कुरा गर्ने गर्दछन् । उनीहरु सेक्स पार्टनरसँग पनि खुलेर कुरा गर्छन । जसले उनीहरुको यौन जीवन सुखद बनाएको छ । मौसम, सुन्दर टापु र स्वस्थ खानपिन पनि यिनीहरुको यौन सन्तुष्टी बढी हुनुको प्रमुख कारण हो । अध्ययनका अनुसार ग्रीसका मानिस हप्ताको १६४ पटक सेक्स गर्छन् भने उनीहरुमध्ये ५१ प्रतिशतले सन्तुष्टि रहेको जवाफ दिएका छन् ।

६.नेदरल्याण्ड
डच राष्ट्र नेदरल्याण्ड यौन खुलापनका क्षेत्रमा विश्वमा निकै अगाडि मानिन्छ । फेमस रेडलाइट एरिया, गुणस्तरीय सेक्स शैलीलगायतका कारण उनीहरुको सेक्स जीवन सखुद् मानिएको छ । नेदरल्याण्डमा ६४ प्रतिशत पुरुष वा महिला सेक्सको समय आफ्नो आवश्यक्तालाई राम्रो सँग बुझ्दछन् । होल्याण्डका २२ प्रतिशत मानिस आफ्नो यौन जीवनलाई उत्कृष्ठ ठान्दछन् ।

७.मेक्सिको
कुनै समय मेक्सिको सबैभन्दा कामुक देशमा गनिन्थ्यो भने धेरै यौन सन्तुष्टि हुने देशको सूचीमा दोस्रो स्थानमा पर्दथ्यो । जहाँ ६३ प्रतिशत जोडी यौन जीवन बिताएको दाबी गर्दथे । यसका पछाडि यौन शिक्षाका बारेमा सरकारले खेलेको भुमिकालाई प्रमुख मानिन्छ । सन् २००८ मा मेक्सिकोका हाइस्कुलमा करिब ७ लाख यौन शिक्षा सम्बन्धी किताबहरु वितरण गरिएको थियो । जसमा जन्म नियन्त्रण, गर्भपतन र समलिङ्गी यौन बारेमा समावेश गरिएको थियो ।

८.भारत
दक्षिण एसियाली मुलुक भारत यौन सन्तुष्टि सर्वाधिक हुने मुलुकहरुको सूचीमा आठौं स्थानमा पर्दछ । यौनका बारेमा समाज त्यति नखुलेपनि ढिलो उमेरमा कुमारित्व गुमाउनुको कारण हुन सक्छ । पछिल्ला वर्षहरुमा भारत चरम यौन सन्तुष्टि प्राप्त गर्ने मुलुकहरुको सूचीमा आठौं स्थानमा सुचिकृत छ । भारतीयहरुले औसत २२ वर्षको उमेरमा कुमारित्व गुमाउने अध्ययनहरुले देखाएका छन् । भारतीयहरुको सम्पर्क स्थापित गर्ने भन्दा पनि लामो सम्बन्ध स्थापित गर्ने सोंचका कारण यौन जीवन सन्तुष्ट हुने गरेको पाइएको छ । बन्द समाज र पूर्वीय दर्शनमा आधारित यहाँ यौन जीवन रहस्यले भरिएका कारण पनि सन्तुष्ट रहेको मानिएको छ । बेडरुमा एकदमै छिनो सहवास सक्काउने भारतीयहरु अगाडि छन् । उनीहरु औसत यौन क्रियाको समय १३ मिनेटको रहेको छ । ६१ प्रतिशत भारतीयहरु आफ्नो यौन जीवन सन्तुष्ट रहेको दाबी गरेका छन् ।

९.अस्ट्रेलिया
ओसियाना मुलुक अष्ट्रेलिया भारतभन्दा एक स्थान पछाडि रहेपनि अमेरिका भन्दा बढी नै यौन सन्तुष्टि प्राप्त गर्ने मुलुकमा पर्दछ । ७५ प्रतिशत अस्ट्रेलियनहरु गाडीमै सेक्स गर्न रुचाउँछन् भने । सवारी साधनले उनीहरुको कामुकतालाई ह्वातै बढाइदिएको मान्न सकिन्छ । २७ प्रतिशत अस्ट्रेलियन महिलाहरुले आफ्नो सेक्स लाइफका बारेमा कुनै पनि कुरा परिवर्तन गर्न चाहदैनन् । अस्ट्रेलियन महिलाहरु आफ्नो यौन जीवनलाई फेन्टासी मान्छन् । जुन अमेरिकामा ४ प्रतिशतमा मात्र यस्तो देखिने गरेको छ ।

अस्ट्रेलियन केटाहरु एभरेजमा २५ जना यौन साथीहरु हुन्छन् । जुन संख्या अमेरिकामा १३ जना रहेको छ । उनीहरुको यौन सम्बन्ध क्षणिक हुने गरेको अध्ययन देखाइएको छ ।

१०.नाइजेरिया
अफ्रिकी मुलुक नाइजेरियाका ६७ प्रतिशत मानिस यौन सन्तुष्टि प्राप्त गर्ने बताइएको छ । सबैभन्दा लामो समय, लगातार २४ मिनेटको सम्पर्क राख्ने यौन ब्यवहारका कारण पनि सन्तुष्टिको मात्रा बढी भएको हुन सक्ने बताइएको छ ।

नाइजेरिया समलिङ्गी विवाहबारे संकुचित धारणा र स्लामिक अतिवादको प्रभावका बीच पनि सुखी यौन जीवन भएको देशमा दरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!