बिहिबार, माघ ०९, २०७६ || 587  पटक पढिएको

हिपमत डटकम, विराटनगर,९ माघ ः बलात्कारको आरोपी कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई धरौटीमा राखेर अनुसन्धान उच्च अदालत विराटनगरले थुनामा राखेर अनुसन्धान गर्न आदेश गरेको छ । महिला अनुयायीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका कृष्णबहादुर गिरी सिद्धबाबा लाई जिल्ला अदालत सुनसरीले पुसमा धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालत सुनसरीको आदेश उच्च अदालत विराटनगरले बदर गरेको हो । बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई धरौटीमा छाड्ने आदेश बदर गरी थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको हो । आदेश विरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा निवेदन दायर गरेका थिए । सिद्धबाबाले पनि साधारण तारेखमा मुद्दाको पूर्पक्ष माग गर्दै निवेदन दायर गरेका बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!