खबर ठुलो छ

हिपमत डटकम
काठमाडौं ,९ गते : चलचित्र ‘प्रेमगीत ३’ को छायांकन सकिएको छ । छायांकनको ७० दिनमा चलचित्रको सुटिङ प्याकअप भएको निर्माता सन्तोष सेनले जानकारी दिए । गएको एक महिनादेखि मनाङको माइनस डिग्री तापक्रममा चलचित्रको छायांकन भैरहेको थियो । मंगलवार छायांकन सकिएपछि बुधवार चलचित्रको जम्बो टोली काठमाडौं आइपुगेको छ । आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको अब एक प्रोमोसनल गीत खिच्न बाँकी रहेको निर्माता सेनले बताए । चलचित्रको छायांकन सँगसँगै सम्पादन पनि एकसाथ चलिरहेको थियो । अब, चलचित्रको कलर करेक्सन, ब्याकग्राउन्ड स्कोर र डबिङको काम सुरु हुने बताइएको छ । तीन करोड लागतमा बनेको चलचित्रलाई छेतेन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेका हुन् ।

मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । चलचित्रका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ । ३ हजार ५ सय मिटर उचाइको मनाङमा चलचित्रका लागि अधिकांश हिउँ परिरहेको दृश्य कैद गरिएको छ । ‘प्रेमगीत ३’ मा अहिलेका चल्तीका अभिनेता प्रदीप खड्काको जोडी नव-अभिनेत्री क्रिस्टिना गुरुङसँग बाँधिएको छ । चलचित्रको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरीलगायतले पनि अभिनय गरेका छन् ।चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर भरेका छन् । चक्रबहादुर चन्द र डम्बरबिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो चलचित्रको बक्सअफिसमा अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘चपली हाइछ ३’ सँग भिडन्त हुँदैछ ।

बिहिबार, माघ ०९, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया