हिपमत डटकम
काठमाडौं,माघ-९:तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला । सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो । प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताए । अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उनले स्पष्ट पारे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्र्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!