बिहिबार, माघ ०९, २०७६ || 563  पटक पढिएको

अनुसन्धानमा रहेका लाई सभामुख नबनाऊ’
सापकोटाको विरोध

हिपमत डटकम ,काठमाडौँ,९ माघ ः काठमाडौँ – जिल्ला प्रहरी कार्यालय काभ्रेमा ज्यान मुद्दामा किटानी जाहेरी दर्ता भएका अग्नि सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै सरोकारवालाले विरोध जनाएका छन्। ‘हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख नबनाऊ’ भन्ने नारा लेखिएका ब्यानर लिएर काठमाडौंको माइतीघर मण्डलामा बुधबार विरोध कार्यक्रम भएको हो।

काभ्रेका अर्जुन लामालाई अपहरणपश्चात हत्यामा संलग्न भएको भन्दै किटानी जाहेरी दर्ता भैसकेका नेकपाका पोलिटब्युरो सदस्य सापकोटालाई सभामुख पदको निर्वाचनमा मनोनयन गरिएकोप्रति अधिकारकर्मीले आपत्ति जनाएका हुन्। सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णयले कानुनी शासनको धज्जी उडाएको भन्दै टिप्पणी गरेका छन्। आगामी मार्चमा संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्मा हुने नेपालको मानवअधिकार अवस्थाबारेमा नराम्रो सन्देश जाने भन्दै विरोध गरिएको छ।

सापकोटा सभामुखको उम्मेदवारी दर्ता गरिसकेका छन्। प्रतिनिधिसभामा उनी सभामुखका एक्ला उम्मेदवारसमेत हुन्। तत्कालीन नेकपा माओवादीका केन्द्रीय नेता सापकोटाको नेतृत्वमा अर्जुन लामालाई २०६२ साल वैशाख १६ मा अपहरण गरी बेपत्ता बनाइएको थियो। लामाकी पत्नी पूर्णिमायाले जिल्ला प्रहरी कार्यालय काभ्रेमा सापकोटालगायतविरुद्ध किटानी जाहेरी दरखास्त दर्ता गरेकी थिइन्। साभार नागरिक न्युज

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!