हिपमत डटकम

शनिबार, मंसिर २०, २०७७ || 1159  पटक पढिएको

राजावादीहरुको देशव्यापी प्रदर्शनले वर्तमान व्यवस्था, नेतृत्व र वैकल्पिक राजनीतिमाथिको बहसलाई निम्तो दिएको छ । साथै प्रदर्शनमा देखिएको उल्लेख्य युवा सहभागिता पनि सोचनीय पक्ष बनेको छ, जसले दुईवटा प्रश्न जन्माएको छ । राजनीतिक नेतृत्वसँग रुष्ट युवाहरुले विकल्पका रुपमा ‘वैकल्पिक शक्ति’ को साटो किन राजतन्त्र रोजे ? के यो वैकल्पिक शक्तिको असफलता हो ?

वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्ने विवेकशील नेपाली दलका महासचिव निर्देश सिलवालले वैकल्पिक राजनीति रक्षात्मक अवस्थामा रहेको स्वीकारे । उनले भने, ‘वैकल्पिक राजनीतिक दलले आफूलाई बलियो गरि स्थापित गर्न नसकेकै कुरा सत्य हो । अहिले वैकल्पिक राजनीतिक दल आफ्नो आन्तरिक कुराले गर्दा रक्षात्मक अवस्थामा छन् । वैकल्पिक राजनीतिक दल भनिरहेकाहरुले आफ्नो प्रस्ट एजेण्डा ल्याउन सकिरहेका छैनन् । अझै पनि धेरै वैकल्पिक राजनीतिक दलले आफ्नो एजेण्डा वा सिद्धान्त स्पष्टता ल्याउन नसक्दा समस्या आएको छ ।’

नेकपा, नेपाली काँग्रेस र सरकारबाट डेलिभरी गर्न नसक्दा असन्तुष्ट जमात राजावादी आन्दोलनमा सामेल हुनुमा उनले आफूहरुको पनि कमजोरी भएको सुनाए ।
‘अबको केही समयमा वैकल्पिक राजनीतिक शक्ति सफल भए भने यो आन्दोलन निस्तेज भएर जान्छ । यदि वैकल्पिक राजनीतिक दलहरुले दिशा लिन सकेनन् भने यो आन्दोलन झन् झन् बढ्दै जान्छ । वैकल्पिक पार्टीहरुले सांगठनिक रुपमा बलियो भएर वैचारिक स्पष्टताका साथ यो आन्दोलन भड्किन दिनु हुँदैन,’ सिलवालले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!