रबिन्द्र बराल

शनिबार, मंसिर २०, २०७७ || 1014  पटक पढिएको

माेरङकाे रंगेली नगरपालिका बडा नम्बर ७ स्थित मधुवनी मा रहेको श्री ग्राम लक्ष्मी बचत तथा ऋिण सहकारी संस्था लिमिटेड ले गर्दे आईरहेकाे कार्यक्रम हरु काे सार्वजनिकरण गरेको छ । संस्था ले प्रदेश सरकार भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत हुलाकीमार्ग लक्षित दुध उत्पादन प्रर्वद्धन कार्यक्रम काे बारेमा सार्वजनिवरण कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सुनवर्सि नगरपालिका ,रंगेली नगरपालिका र धनापालथान गाउँ पालिका मा रहेका र सहकारी मा आबद्ध कृषकले पालेका पशुहरुको अनिवार्य विमा गर्ने,
हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रबर्द्धन फ्लोअप तथा सन्चालन गर्ने, सदस्यहरुलाई गाई/भैसी खरिद,गोठ निर्माण सुधारमा अनुदान दिने, कृतिम गर्भाधान गराउने , पशु आहारा विकास कार्यक्रम (वर्षे र बहुवर्षिय घोस खेति गर्ने प्रत्साहान गर्ने, पशु स्वास्थ्य सेवा कार्यक्रम(टिट डिपिड. परजिवी नियन्त्रण, पशु खोप लाई निरन्तरता दिने, अभिवृद्धि तालिम दिलाउनेे जस्ता कार्यक्रम लाई प्राथमिकता का साथ अगाडि बडाउदै लैजान समेत उक्त कार्यक्रममा भनिएको छ ।
कार्यक्रम काे प्रमुख अतिथि उपमेयर केशव कुमारी खराल,बिष्ट अतिथि प्रशाशक अधिकृत टाेम प्रसाद सुवेदी ,वडा अध्यक्ष रामचन्द्र मंण्डल , जिल्ला पशु कुमार सिहं खत्री, बिनाेद यादव, दिपेन्द्र साह, तथा संस्था का सचिव अशाेक मंण्डल, उषा मंण्डल, लगायतका सदस्य हरु काे समेत उपस्थिति रहेको थियो ।
रंगेली नगरपालिका काे सभाहालमा साे कार्यक्रम गरिएको थियो । संस्था का अध्यक्ष सन्ताेष मंण्डल काे सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!