बीरेन्द्रकुमार साह

बिहिबार, फाल्गुण ०७, २०८२ || 1018  पटक पढिएको

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार आशा झाले विराटनगर महानगरपालिकाभित्र पर्ने विभिन्न वडामा बाइक र्‍याली सम्पन्न गरेकी छन्।

निर्वाचन प्रचारप्रसार अभियानअन्तर्गत आयोजित र्‍यालीमा पार्टीका केन्द्रीय कोषाध्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार लिमा अधिकारीसहित सयौँ कार्यकर्ता तथा समर्थकको सहभागिता रहेको थियो। र्‍याली विराटनगरका विभिन्न चोक तथा टोल हुँदै सम्पन्न भएको जनाइएको छ।

र्‍यालीका क्रममा उम्मेदवार झाले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डाबारे जानकारी गराएकी थिइन्। सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

रास्वपाले मोरङ–५ मा आफ्नो पक्षमा जनसमर्थन बढ्दो रहेको दाबी गरेको छ। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलहरूबीच प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!