file photo

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले मुलुकलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्न नयाँ उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले निरंकुश शासनविरुद्ध नेपाली जनताले गरेको ऐतिहासिक सङ्घर्ष र बलिदानीको स्मरण गरेकी हुन्।

जनताको एकताबद्ध शक्तिले नै लोकतन्त्र र राजनीतिक स्वतन्त्रता सम्भव भएको भन्दै उनले यस दिनलाई प्रेरणाको स्रोतका रूपमा चित्रण गरिन्। भण्डारीले लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा मात्र नभई जीवन पद्धति र संस्कारका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएकी छिन्।

संविधानले दिएका अधिकार र कर्तव्यको सन्तुलित प्रयोग गर्दै लोकतान्त्रिक अभ्यासलाई थप बलियो बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ छ। उनले लोकतन्त्रको संरक्षण र सुदृढीकरणका लागि सबै नागरिक निरन्तर सचेत र प्रयासरत रहनुपर्ने उल्लेख गरेकी छिन्।

विशेष गरी वर्तमान राजनीतिक परिस्थितिलाई नियाल्दै पूर्व राष्ट्रपति भण्डारीले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको महत्त्वबारे चर्चा गरेकी छिन्। उक्त निर्वाचनलाई निष्पक्ष, शान्त र विश्वसनीय ढङ्गले सम्पन्न गराउनु सबै सरोकारवाला र नागरिकको साझा जिम्मेवारी भएको उनले स्पष्ट पारिन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!