हिपमत डटकम

शुक्रबार, मंसिर १९, २०७७ || 898  पटक पढिएको

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजसेवी सपना मगरलाई भेटेर बधाई दिएका छन् । शुक्रबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेलले समाजसेवी सपना मल्ल मगरसँग भेट गर्दै बीबीसीको १ सय जना प्रभावशाली महिलामा परेकोमा बधाई दिएका हुन् ।

नेपाली सरकारले गर्न नसकेको काम व्यक्तिगत स्तरबाट गरेर समाज सेवा गरेको भन्दै समाजसेवी मगरको प्रशंसा गरे । अर्थमन्त्री पौडेललाई समाजसेवी मगरले बेवारिसे व्यक्तिहरु र बेवारिसे भएका लासको व्यवस्थापनमा सरकारको सहयोगको अपेक्षा रहेको बताए ।

समाजसेवी मगरको माग सुनेपछि अर्थमन्त्री पौडेलले बेवारिसे लास व्यवस्थापनमा सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै सपना मगरजस्तो प्रेरणादायी समाजसेवीलाई भेटन पाउँदा खुशी लागेको पनि बताए । समाजसेवी सपनालाई बीबीसीले संसारका १ सय जना प्रभवशाली महिलाको सूचीमा पारेको छ । यसपछि मगरको कामको प्रसंशा देशभित्र मात्र नभई संसारभर भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!