हिपमत डटकम

बुधबार, मंसिर १७, २०७७ || 919  पटक पढिएको

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा झिनो मतले पराजित किशोर प्रधानलाई महासंघले मानार्थ सदस्य प्रदान गरेको छ ।
विधानमा मानार्थ सदस्यको व्यवस्था भए पनि यसअघि महासंघले कसैलाई मानार्थ सदस्य दिएको थिएन । प्रधानलाई महासंघबाट टाढा रहन नदिन मानार्थ सदस्य प्रदान गरिएको बताइएको छ । अध्यक्षको पदभार ग्रहण गरेलगत्तै शेखर गोल्छाको अध्यक्षतामा बसेको पहिलो कार्यकारिणी समितिको बैठकले प्रधानलाई मानार्थ सदस्यमा प्रदान गरेको हो । सो पदलाई सम्मानका रुपमा लिने गरिन्छ । अन्य संघसंस्था र विश्वविद्यालयहरूले पनि समाजमा विशेष योगदान पु¥याउने व्यक्तिलाई मानार्थ सदस्य प्रदान गर्ने गरेका छन् ।

महासंघमा प्रधान पटक–पटक केन्द्रीय सदस्य र दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् । उनी उद्योग संगठन मोरङ र तत्कालीन पूर्वाञ्चल उद्योग वाणिज्य संघको अध्यक्षसमेत भइसकेका छन् । प्रधानले उद्योगी व्यवसायीका बीच स्पष्ट वक्ता र इमान्दार व्यक्तिका रुपमा छवि बनाएका छन् । “किशोर दाइ महासंघको नेतृत्वमा आउनुपथ्र्यो तर आउन सक्नु भएन,” महासंघका प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्काले भने, “तर, नवनियुक्त अध्यक्ष शेखर गोल्छाज्यू र टिमले उहाँलाई मानार्थ सदस्य प्रदान गरेर अन्यन्तै प्रशंसनीय काम गरेको छ । यसलाई किशोर दाइको सम्मानका रुपमा पनि लिन सकिन्छ ।” खड्काका अनुसार प्रधान महासंघको इतिहासमा मानार्थ सदस्य पाउने पहिलो व्यक्ति हुन् । यसअघि महासंघले कसैलाई पनि मानार्थ सदस्य दिएको थिएन ।

सोही बैठकले महासंघ प्रदेश–१ का अध्यक्ष खड्कालाई कार्यकारिणी सदस्यमा मनोनित गरेको छ । त्यस्तै बैठकले महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई विशिष्ट सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालसहितको प्यानललाई सघाएका चण्डीराज ढकालले विशिष्ट सदस्यका रुपमा महासंघमा राजनीति गर्दै आएका थिए । यसपटक गोल्छाले चण्डीराज ढकाललाई महासंघको राजनीतिबाट विस्थापित गर्ने भन्दै किशोर प्रधानलाई समर्थन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!