हिपमत डटकम
काठमाडौं,८ माघ : ‘ए मेरो हजुर’ को अघिल्ला दुई सिरिजमा जीवन्त अभिनय पस्किएका अभिनेता सलोन बस्नेत यो चलचित्रको चौथो सिरिजमा पनि दोहोेरिने भएका छन् । यसको जानकारी निर्देशक झरना थापाले दिएकी हुन् । चलचित्रमा सलोन हरीको भूमिकामा हुनेछन् । चलचित्रमा सलोन र अभिनेता अनमोल केसी साथीको भूमिकामा हुनेछन् । यसको अघिल्लो श्रृंखलामा पनि उनीहरु साथीको भूमिकामा थिए ।

तेस्रो पटक ‘ए मेरो हजुर’ सिरिजमा जोडिएका अभिनेता सलोनले चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताएका छन् । सुहाना फिल्मस्को ब्यानरमा सुनिल कुमार थापाले निर्माण गर्ने चलचित्रको कथा अघिल्ला सिरिजभन्दा अलग हुने बताइएको छ । अर्को वर्ष २०७७ को दशैंमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रमा सलोनको प्रवेश भएसँगै कलाकारको लाइनअप बलियो बनेको छ ।

फागुन १३ गतेबाट छायांकन सुरु हुने ‘ए मेरो हजुर ४’ मा अनमोलसँग अभिनेत्री सुहाना थापाको जोडी बाँधिनेछ । यसअघि यी दुईले चलचित्र ‘ए मेरो हजुर ३’ मा रोमान्स गरेका थिए । यो जोडी दोस्रो पटक पर्दामा देखिन लागेका कारण ‘ए मेरो हजुर ४’ को दर्शकमा निर्र्माण अगावैदेखि प्रतिक्षा भैरहेको छ । सलोन र सुहाना दुवै चलचित्रलाई लिएर उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!