हिपमत डटकम

मंगलबार, मंसिर १६, २०७७ || 913  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच संवाद हुन नसकेको १९ दिन बितिसकेको छ । दुई नेताहरु सचिवालय बैठकमा एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएपनि संवादका लागि एकै ठाउँमा बसेका छैनन् । यसले टकराव बढेर नेकपा दुर्घटनामा पर्ने खतरा बढेर गएको छ ।

ओलीले संवादका लागि प्रचण्डले आफूविरुद्ध आरोपसहितको पार्टी बैठकमा प्रस्तुत दस्तावेज फिर्ता लिनुपर्ने शर्त राखेका छन् । उनले प्रचण्डले गम्भीर गल्ती गरेको भन्दै त्यसलाई नसच्याएसम्म संवादका लागि एउटै टेबुलमा नबस्ने अडान लिएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार ओलीले प्रचण्डलाई बालुवाटारमा छलफलका लागि बोलाउन समेत छाडेका छन् ।

दुई नेताबीच कात्तिकको अन्तिम साता कुराकानी भएको थियो । त्यसपछि ३ मंसिर र १३ मंसिरको सचिवालय बैठकमा मात्र भेटघाट भएको छ । तर, उनीहरु संवादभन्दा आरोप प्रत्यारोपमा उत्रिए । प्रचण्डले पनि ओलीले आत्मालोचना गर्नुपर्ने र त्रुटीको जिम्मेवारी लिनुपर्ने शर्त राखेका छन् । खुमलटारमा आउने ओली पक्षीय नेताहरुलाई प्रचण्डले कुनै हालतमा पार्टी बैठकमा प्रस्तुत दस्तावेज फिर्ता नलिने अडान राखेका छन् ।

ओली पक्षले प्रचण्डको पछिल्लो भूमिकाको कडा जवाफ दिने तयारी गरिसकेको छ । ओलीले प्रचण्डमाथि आक्रामक रुपमा प्रस्तुत हुने तयारी गरेका छन् । उनले प्रचण्डको पछिल्लो भूमिकालाई सत्ता ढालेर अस्थिरता मच्चाउन खोजेको आरोप लगाइसकेका छन् । यसको कडा जवाफ दिनेगरी ओलीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!