बुधबार, माघ ०८, २०७६ || 1424  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,८ माघ :हास्यकलाकार केदार घिमिरेउर्फ माग्ने बुढा ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सिट बेल्ट नलगाइ कार चलाएको उनलाई ट्राफिक प्रहरीले चिट काटेको हो । बुधबार बिहान ग्वोर्कोस्थित घरबाट निस्किने वित्तिकै कारबाहीमा परेपछि उनी महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका थिए । त्यसक्रममा ट्राफिक प्रहरी जवानले आफूसँग मिठो बोली, वचन गरेको घिमिरेले बताए । उनले महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाललाई धन्यवादसमेत दिएका छन् । ‘मैले सिट बेल्ट लगाउन बिर्सिएछु । ट्राफिक भाइले तपाईंलाई कारबाही गर्छु है.. भनेर मिठोसँग भन्नुभयो,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘आफैं लाइसेन्स दिउँ दिउँ लाग्नेगरी बोल्नु भएपछि मैले पनि हुन्छ भनेँ । ’महाशाखा प्रमुख ढकालसँग उनले आफूलाई कारबाही गर्ने जवानलाई फेरि भेट्ने इच्छा गरे । त्यही अनुरुप ट्राफिक प्रहरी जवान सन्तोष चौधरीलाई भेटेर उनले राम्रो व्यवहार र वचनका लागि आभार दर्शाएका छन् । चौधरीको व्यवहारको सबै प्रहरीले सिको गर्नुपर्ने उनले बताए । यातायात व्यवस्था ऐनको प्रावधानअनुसार उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!