हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 692  पटक पढिएको

अमेरिकाका राष्ट्रपति पदमा छानिएका जो बाइडेनले चुनावमा सबैभन्दा बढी भोट हासिल गरेर इतिहास रचे । रोचक कुरा के छ भने इतिहास बाइडेनले मात्रै रचेनन् उनको जर्मन सेफर्ड मेजरले पनि बनाएको छ । स्मरण रहोस्, बाइडेनसँग दुईवटा घर पालुवा कुकुर छन् जसमध्ये एउटा ‘मेजर’ ह्वाइट हाउस पुग्ने पहिलो उद्धार गरिएको कुकुर हो । मेजरसँग खेल्दा नै बाइडेनको खुट्टा भाँच्चिएको हो ।

यसरी आएको थियो मेजरः

मेजरलाई सन् २०१८ मा डेलवेयर ह्यूमन असोसिएशनबाट ल्याएका थिए । बाइडेनले त्यतिबेला भनेका थिए, ‘हामी मेजरलाई बाइडेन परिवारमा समावेश गरेर निकै खुसी छौं र हामी डेलवेयर ह्यूमन असोसिएशनलाई मेजर र अन्य अनगिन्ती जनावरका लागि घर खोजिदिएकोमा आभारी छु ।’

चर्चित छन् बाइडेनका पाल्तू जनावरः

सन् २००८ मा उनकी श्रीमती जिलले उपहारस्वरुप च्याम्प दिएकी थिइन् । जब बराक ओबामा सरकारमा जो बाइडेन उपराष्ट्रपति बनेका थिए तब च्याम्प उनीसँग थियो । बाइडेनको कुकुर प्रतिको प्रेम जगजाहिर छ । उनी आफ्नो सोसल मिडिया अकाउन्टमा कुकुरको तस्बिर सेयर गरिरहन्छन् । यहाँसम्म कि दुबैको अकाउन्ट पनि छ जसबाट चुनावमा रेकर्डतोड भोट पाएकोमा बधाई पनि दिइएको थियो ।

आउँदैछन् नयाँ साथीः

च्याम्प र मेजर मात्रै होइन, ह्वाइट हाउसमा एउटा बिरालो पनि बस्न आउँदैछ । सिबीएस सन्डे मर्निङले ट्वीट गरेर यसको जानकारी दिँदा ह्वाइट हाउसमा कुकुर बिरालोलाई सँगै राख्नुलाई ‘बाँडिएको देशलाई जोड्ने कोसिस’ गरिएको सम्म भनियो । जिल बाइडेनले सेप्टेम्बरमा नै एक अन्तर्वार्ताका बेला आफूले एउटा बिरालो चाहेको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!