हिपमत डटकम

सोमबार, मंसिर १५, २०७७ || 990  पटक पढिएको

अदुवा सर्वप्रथम चीनमा प्रयोग भएको थियो । यसलाई परम्परागत र वैकल्पिक औषधीको रुपमा प्रयोग भएका लामो इतिहास छ । अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई अंग्रेजीमा जीन्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औषधीको गुण भएको अदुवाका फाईदाबारे पक्कै पनि थाहा पाउनुभएकै होला ।

अदुवाको प्रयोगबाट हाम्रो स्वास्थ्यमा धेरै फाईदाहरु पुग्छ । रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।

तर, यस्ता केहि समस्या हुनेहरुले अदुवाको प्रयोग गर्न नहुने चिकित्सकको भनाई छ।

१. अदुवा धेरै सेवन गर्दा रगतमा सुगरको मात्रा बढ्ने हुँदा मधुमेहका बिरामीहरुले पनि अदुवा खानु हुँदैन ।

२. पेटको समस्या छ भने अदुवा सेवन गर्नु हुदैन । अदुवाले शरीरमा एसिडको मात्रा बढाउने हुँदा समस्या बल्झन्छ ।

३. महिलाहरुलाई महिनावारीको समस्या छ भने पनि अदुवा सेवन गर्नु हुँदैन । रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ ।

४. उच्च रक्तचापका बिरामीले पनि अदु्वा खानू हुँदैन ।

५. गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन ।

६ . तौल बढाउन चाहनेले पनि अदुवा नखाएको राम्रो ।

७ . औषधि सेवन गरिरहेकाले पनि सकभर अदुवा खानूहुँदैन । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!